१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यकः श्रममन्त्री भण्डारी

वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यकः श्रममन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वर्षेनी ५ लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजागरीको बाध्यता कायम रहने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हरेक वर्ष नेपालमा ५ लाख मानिस श्रम बजारमा आउने र त्यसमध्ये १ लाख मानिसले मात्रै रोजगारी पाउने गरेको बताउनु भयो । बाँकी ४ लाख मानिसलाई रोजगारी दिन नसकेसम्म वैदेशिक रोजगारीमा जाने मानिसहरुको संख्यामा कमी नहुने बताउनु भयो ।

उहाँले वर्षेनी सरकारले रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताउनु भयो । अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि सबैकुरा अनुकुल बनिरहेको बताउनु भयो । उहाँले वर्तमान सरकार सरकार बनाउनका लागि मात्रै नभइ काम गर्नका लागि बनेको बतउनु भयो । सरकारलाई असफल हुने छुट नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले विभिन्न भाष्य निर्माण भएको छ । कहिले बाध्यात्मक भन्छौँ, कहिले स्वेच्छिक भन्छौँ । कहिले अवसरका खोजि भन्छौँ, जे भनेपनि सत्य कुरा के हो भने यो मुलुकमा हरेक वर्ष ५ लाख मानिस श्रम बजारमा आउँछन्, १ लाख मानिसले यो मुलुकको श्रम बजारमा रोजगारी पाउँछन् । ४ लाख मानिस बेरोजगार छन् । तिनलाई व्यवस्थित नगरेसम्म वैदेशिक रोजगारीको बाध्यता, परनिर्भरता हामी अहिले घटाउन सक्दैनौँ । हामीले अवसर सिर्जना गर्नुपर्दछ ।

अवसर सिर्जना गर्नको निम्ति मुलुकको समष्टिगत राजनीतिक परिस्थितिदेखि लिएर सबैकुरा अनुकुल हुँदै जानुपर्छ । त्यो अनुकुल हुँदै गइरहेको छ । यो सरकार जसरी निर्माण भएको छ, कसैले अप्रत्याशित भन्छन्, कसैले अप्राकृतिक भन्छन्, म दुवै कुरा हो भन्छु । तर खासमा कामको लागि हो । सरकार मात्रै बनाउने हिसावले बनेको होइन । कुनैपनि हिसावले यो सरकारलाई असफल हुने छुट छैन ।’

श्रममन्त्री भण्डारीले मुलुकभित्रका रोजगारका सम्भावनालाई हेर्ने आन्तरिक रोजगार महाशाखा बनाउन लागेको बताउनु भयो ।