१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन एमाले महासचिव पोखरेल पुगे News Polar भन्सारका नाममा सर्वसाधारणको निजी सम्पत्ति खोस्ने काम बन्द गर्नुपर्छ : प्रभु साह News Polar एमाले संसदीय दलको बैठक च्यासलमा सुरु News Polar काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना News Polar किसानका घरआँगनमा कृषिमन्त्री चौधरी News Polar जसपा नेपालका चार केन्द्रीय नेताले दिए सामूहिक राजीनामा News Polar मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारणलाइनको निरीक्षण News Polar बुटवलबाट ‘एआरई जीपी’ ग्रान्ड फिनालेका लागि तीन राइडर छनोट News Polar प्रश्तावित राष्ट्रिय सडक सुरक्षा ऐन २०८३–अब जथाभावी पार्किङ र सडकमा सामान राखेर दुर्घटना भए क्षतिपूर्ति सम्बन्धित पक्षबाटै असुलिने News Polar चिनियाँ राजदूत सात सदस्यीय टोलीसहित लोमान्थाङमा News Polar पञ्चेबाजा र झाँकीसहित कांग्रेस महाधिवेशनमा सहभागी हुन प्रतिनिधिको र्‍याली खुलामञ्च प्रवेश गर्दै News Polar कांग्रेस महाधिवेशन : अतिथिको स्वागतका लागि तयार पारिएको यस्तो छ खादा News Polar अर्थमन्त्री वाग्ले अमेरिका पुगे, सोमबार अमेरिकी अर्थमन्त्री र विश्व बैंक अध्यक्षसँग भेटवार्ता हुने News Polar विपद् प्रतिरोधि जलविद्युत संरचना बनाउन नयाँ मापदण्ड आवश्यक छः ऊर्जामन्त्री श्रेष्ठ News Polar सहमहामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै प्रकाश रसाईलीले भने–‘गगन थापाको नेतृत्वमा काँग्रेस र देशलाई बलियो बनाउन लाग्नेछौँ’ News Polar यसरी हुँदैछ कांग्रेसको १५औँ महाधिवेशन News Polar कांग्रेस महाधिवेशन : उद्घाटनअघि खुलामञ्चतर्फ बढ्दै प्रतिनिधि र समर्थक News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो

अल्ट्रा धावक सुमनलाई फाउण्डेशनको सहयोग

अल्ट्रा धावक सुमनलाई फाउण्डेशनको सहयोग
अ अ+ अ-

काठमाडौँ । नेपालका अल्ट्रा धावक सुमन कुलुङराईलाई अष्ट्रियाको सीकप्रीड फाउण्डेशले सहयोग गर्ने भएको छ । विगत दुई वर्ष देखि धावक राईलाई आवश्यक सहयोग गर्दै आएको फाउण्डेशनले आगामी खेल जीवन भर सहयोग गर्ने बताएको छ । यसका लागि बर्षको करिव १२ हजार युरो खर्च हुने फाउण्डेशनले अनुमान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ संगको भेटमा फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले धावक राई विश्वको दश जना खेलाडी भित्र पर्ने सम्भावना रहेको बताईन । राईको शारिरीक परिक्षणबाट उनी भित्र खेल सम्भावना देखिएको जानकारी गराउदै नेपालमा सुमन जस्ता धेरै खेलाडी हुन सक्ने उनको भनाई छ ।

धावक राई पर्यटकको गाईडका रुपमा काम गर्दा दुई बर्ष पहिला फाउण्डेशनका पदाधिकारी संग सम्पर्कमा आएका थिए । फाण्डेशनले राईको सम्पूर्ण मेडिकल चेकअप गर्दा विश्वका दश धावक भित्र पर्ने सम्भावना देखिएको भन्दै सहयोग गरेको जानकारी दिएका छन् ।

फाउण्डेशनकी अध्यक्ष सिकप्रीडले सन २०२५ सेप्टेम्वरमा आयोजना हुने वल्र्ड च्याम्पियनशिपमा सभागीहुने नेपाली टिमका लागि मेडिकल लगायतको खर्च व्यवस्थापन गरिदिने बताउनुभयो ।

छलफल कार्यक्रम नेपाल एड्भेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुवँरले गर्नु भएको थियो ।