२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धनराज गुरुङ र ऋषिकेश पोखरेल दोषी देखिए कारबाही हुनुपर्छ–गगन थापा



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगीमा संलग्न काँग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेललाई पनि तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।

सहकारी छानविन संसदीय समितिले काँग्रेसका उपसभापति गुरुङ र एमाले सांसद पोखरेल पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको देखाएकाले सरकारले उनीहरुमाथि पनि तत्काल छानविन गरी दोषी देखिए कारबाहीको दायरामा ल्याउनुपर्ने महामन्त्री थापाको भनाई थियो । उहाँले सरकारले आम नागरिकको विश्वसनीयता जगाउन पनि ठगीमा संलग्न जो कोही पनि अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउने काममा ढिलाई गर्न नहुने बताउनु भयो ।

सोमवार नेपाल राष्ट्र बैंकले काठमाडाैँमा आयोजना गरेको दशैँ, तिहार, छठ लगायतका पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महामन्त्री थापाले सरकारले न्यायको कठघरामा जो कोही पनि उभिनुपर्छ भन्ने मान्यता स्थापित गराउन पनि सहकारी ठगीमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउन हिच्किच्याउने काम गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सहकारीका अपचलन गर्ने सयौंको संख्यामा छन् । ती मान्छेमध्ये ५÷६ सय मान्छे अभियोजनको क्रममा छन् । अरु ५-७ सय मान्छे फरार छन् । ती सबै मान्छेलाई अनुसन्धानको दायरामा ल्याउ । त्यो नयाँ होस् कि पुरानो होस कि । त्यो घाम तापेर बसेको होस कि घण्टी बजाएर बसेको होस् कि । रुखको छायामुनि बसिराखेको होस् कि । सबैलाई अनुसन्धानमा ल्याउ । छानविन समितिमा बकाईदा त्यही भन्छ । त्यसैले हामी भनिरहेका छौं सरकारलाई–यी सबै विषयहरुका सन्दर्भमा जे काम अह्राएको छ, त्यो काम राम्रोसँग गर्नुस् । आम नागरिकहरुको विश्वसनीयताको कुरा पनि हो । अहिले बाहिर छलफल चर्चा चलेको छ–नेपाली काँगे्रसको एक जना नेता पार्टीको उपसभापति माननीय धनराज गुरुङको संलग्नता सन्दर्भमा समितिमा छलफल भयो, बहस भयो । थप अनुसन्धान गर्नुपर्छ । मत सरकारलाई यहीबाट अनुरोध गर्न चाहन्छु–बकाईदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नुपनि पर्छ । नेकपा एमालेका ऋषि पोखरेलजीको नाम आयो । गर्नुस अनुसन्धान । अनुसन्धान गर्नुस् मात्रै होइन, यदि गल्ती गर्नुभएको छ भने अभियोजन पनि गर्नुस् । दण्ड पनि दिनुस् । यो देशमा के स्थापित गर्नुपर्ने छ भने कोही पनि मानिस जुनसुकै राजनीतिक दलको होस–काँग्रेस होस्, एमाले होस्, रास्वपा होस्, राप्रपा होस, ठूलो होस्, सानो होस्, शक्तिशाली मानिस होस् । पाँच पटक प्रधानमन्त्री बनेको मानिस होस्, अहिले भइरहेका प्रधानमन्त्री होस कि भोली प्रधानमन्त्री हुने मानिस होस् कि । जो सुकै होस, कानूनभन्दा माथि कोही छैन । न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने भन्नेकुरा पनि सरकारले स्थापित गराउन सक्नुपर्छ । राज्यको अरु निकायले स्थापित गराउन सक्नुपर्छ ।’ 

महामन्त्री थापाले प्रधानमन्त्री, मन्त्रीहरुलाई धेरै नबोल्न पनि सुझाव दिनुभयो । सरकारमा बसेकाहरुले बोल्ने नभई उनीहरुले गरेका काम बोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो । महमन्त्री थापाले अवको ३ वर्ष तलमाथि नहुने भएकाले सरकारले त्यही अनुसार काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मैले प्रधानमन्त्रीजीलाई पनि भनेको, मन्त्रीजीहरुलाई पनि भनेको हो–तपाईहरुले केही समय बोल्न बन्द गरिदिनोस् । तपाईहरुले जवाफ फर्काउने होइन, तपाईको कामले बोलोस्न । तपाईले गरेका निर्णयहरुले बोलुन् न । सरकारले गरेका कामहरुले एउटा कन्फििडेन्स देओस्न । सायद दुधको किसानको कुराहोला । वा निर्माण व्यवसायीको बक्यौताको कुरा होला । यस्ता साना साना कुराहरु होलान् नि । आज सरकारले एउटा निर्णय ग¥यो, आज मंगलवार सरकारले अर्को निर्णय ग¥यो । मंगलवार भरी त्यो निर्णयको चर्चा होस् न । बुधवार पनि त्योनिर्णयको बारेमा चर्चा होस् न । अनि त्यसले बनाएको जुन सकारात्मक वातावरण छ । त्यो सकारात्मक वातावरणमा यति सहजतामा रहेको सरकारले त केही कुराहरुको जोखिम उठाउने आँट गरोस् न । हामी सरकार बदलिराख्ने एउटा पीडाबाट बाहिर निस्केका छौं । कम्तिमा अब ३ वर्ष कहीँ तलमाथि हुँदैन भन्ने विश्वास हामी सबैले राखेका छौं । यसको बेनिफिट आम नागरिकले पाउनुप¥यो नि त । त्यो बेनिफिट उसले गर्ने निर्णयहरुमा पाउनुपर्छ ।’ 

महामन्त्री थापाले सरकार बलियो भएकाले सन्देश दिनेगरी काम हुनुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल