३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

व्यापारिक सम्बन्ध बिस्तारका लागि स्पेनी प्रधानमन्त्री सान्चेज भारतमा

व्यापारिक सम्बन्ध बिस्तारका लागि स्पेनी प्रधानमन्त्री सान्चेज भारतमा
अ+ अ-

एजेन्सी । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजलाई सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले भारतमा स्वागत गर्नुभएको छ ।

यसअघि स्पेनी प्रधानमन्त्रीका रूपमा होजे लुइस रोद्रिगेज झपातेरोले भारत भ्रमण गर्नुभएको थियो भने प्रधानमन्त्री साञ्चेजले १८ बर्षपछि स्पेनी प्रधानमन्त्रीको रूपमा भारत भ्रमण गर्नुभएको छ ।

भारतको रक्षा मन्त्रालयले सन् २०२१ मा एयरबस डिफेन्स एन्ड स्पेसबाट ५६ कार्गो र सेनाको लागि सी २९५ विमानका लागि २.५ अर्ब डलरको सम्झौता गरेको थियो ।

गुजरात राज्यको वडोदरामा टाटा एडभान्स सिस्टम्स र एयरबसको सहकार्यमा निर्माण गरिएको सैन्य विमान कारखानाको उद्घाटन गर्न जाँदै गर्दा सुन्तला रङ्गको सयपत्री फुलको मालाले सजिएको गाडीबाट स्वागतका लागि सडक किनारामा उभिएका भारतीयको आथित्यतालाई दुवै देशका नेताले हात हल्लाएर स्वीकारेका थिए ।

स्पेनको सेभिलमा १६ वटा विमानको निर्माण (एसेम्बल) गरिने बताइएकामा पहिलो विमानको डेलिभरी गत वर्ष गरिएको थियो भने बाँकी ४० वटा विमान भारतमा निर्माण हुनेछन् ।

वडोदरामा रहेको भारतीय विमान निर्माण प्लान्टले सन् २०२६ मा पहिलो ‘मेड इन इन्डिया’ सी२९५ विमान निर्माण सम्पन्न गर्नेछ ।

“यो कारखानाले भारत–स्पेन सम्बन्धलाई मात्र बलियो बनाउने छैन, ‘मेक इन इन्डिया एन्ड मेड फर द वल्र्ड’ मिसनलाई पनि मजबुत बनाउनेछ,” मोदीले भन्नुभयो ।

यसले विश्वव्यापी एयरोस्पेस उत्पादनमा एक विश्वसनीय साझेदारको रूपमा भारतको स्थितिलाई पनि बलियो बनाउने उहाको दावी रहेको छ ।

सान्चेजले एयरबसले भारतको रक्षा र अन्तरिक्ष उद्योगमा नयाँ अध्याय कोरेको बताउनुभयो ।

“यो परियोजनाले हाम्रो औद्योगिक सम्बन्धलाई मजबुत बनाउँछ र भरपर्दो र रणनीतिक साझेदारको रूपमा हाम्रो देशको गहिरो प्रतिबद्धतालाई अन्तर्निहित गर्दछ,” साञ्चेजले भन्नुभयो । यसले स्पेनी रक्षा उद्योगको क्षमता पनि देखाउँछ ।

भारतले सन् २०२३ मा ९.९ अर्ब अमेरिकी डलर को व्यापार गरेकोमा ७.१७ अर्ब डलरको निर्यात गरेको छ भने २.७४ अर्ब डलरको आयात गरेको छ ।

स्पेन, भारतमा २८० भन्दा बढी स्पेनी कम्पनीसहित १६ औँ ठूलो विदेशी लगानीकर्ता हो र स्पेनले निर्माण, फार्मेसी, ऊर्जा, साथै रेलवे उद्योगमा पनि भारतमा लगानी बढाउन उत्सुक रहेको छ ।

स्पेनको जहाज निर्माण कम्पनी नाभान्टियाका अधिकारीहरू पनडुब्बीसहित सम्भावित सम्झौताहरूको लागि भारत भ्रमणमा साञ्चेजको भ्रमण दलमा सहभागी रहेका छन् ।

मोदीले सन् २०१७ मा स्पेनको भ्रमण गर्नुभएको थियो भनेसन् २०१८ र २०२१ मा जी–२० शिखर सम्मेलनमा सान्चेजसँग वार्ता गर्नुभएको थियो ।

गत महिना चीनको भ्रमण गरेका सान्चेज एसियामा बेइजिङ र नयाँदिल्ली दुवैसँगको सम्बन्धलाई मजबुत बनाउन चाहनुहुन्छ ।

स्पेनी प्रधानमन्त्री साञ्चेजले मङ्गलबार भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बईको भ्रमण गर्ने कार्यक्रम रहेको छ । मुम्बईमा रहाँदा उहाँले स्थानीय औद्योगिक प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।