२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको अधिकार कटौती गर्न मन्त्रिपरिषद् बैठक बस्दै !



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अधिकार कटौती गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्ने बैठकमा प्राधिकरणका निर्देशक घिसिङले सरकारको निर्देशन पालना नगरेको भन्दै अधिकार कटौती गर्नेबारे छलफल हुने बताइएको छ ।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेका उद्योगको विजुली काटेको छ । व्यवसायीहरुले आफूहरु अन्योलमा परेको भन्दै प्रधानमन्त्रीसँग हारगुहार गरिरहेका छन् । सरकारले उद्योगको बिजुली नकाटी महसुल उठाउन निर्देशन दिएको थियो । तर उद्योगीले महसुल नतिरेपछि प्राधिकरणले बाध्य भएर लाइन काट्नुपरेको जनाएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले कुलमानका बारेमा ठोस निर्णय गर्ने बताइएको छ ।