२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानको अधिकार कटौती गर्न मन्त्रिपरिषद् बैठक बस्दै !



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको अधिकार कटौती गर्न आज मन्त्रिपरिषद्को बैठक बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ५ बजे बस्ने बैठकमा प्राधिकरणका निर्देशक घिसिङले सरकारको निर्देशन पालना नगरेको भन्दै अधिकार कटौती गर्नेबारे छलफल हुने बताइएको छ ।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नतिरेका उद्योगको विजुली काटेको छ । व्यवसायीहरुले आफूहरु अन्योलमा परेको भन्दै प्रधानमन्त्रीसँग हारगुहार गरिरहेका छन् । सरकारले उद्योगको बिजुली नकाटी महसुल उठाउन निर्देशन दिएको थियो । तर उद्योगीले महसुल नतिरेपछि प्राधिकरणले बाध्य भएर लाइन काट्नुपरेको जनाएको छ ।

आजको मन्त्रिपरिषद् बैठकले कुलमानका बारेमा ठोस निर्णय गर्ने बताइएको छ ।




भर्खरै