११ कार्तिक २०८१, आईतवार
,
Latest
बार अध्यक्षद्वारा लिखित जवाफ पेस : ‘अदालतको अवहेलना गर्ने मनसाय थिएन’ साफ महिला च्याम्पियनसिप: नेपाल १० खेलाडीमा सीमित, भारतको अग्रता, नेपालको गोल अन्योलमा पहिलो हाफमा नेपाल र भारतबीचको खेल बराबरी जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन जब रणवीरले एउटा दृश्यका लागि ३७ टेक दिए कोप–२९ मा नेपालले के–के कुरा राख्छ ? यस्तो छ मन्त्रालयगत तयारी थाई एयर एसियाको उडान निलम्बित काटिएको लाइन जडान गर्न ऊर्जामन्त्री र उद्योगमन्त्रीसँग आग्रह बिहान उठ्ने बित्तिकै यी चीजहरू देख्दा तपाईंको दिन बिग्रन्छ ! तिहार नजिकिएसँगै भक्तपुरका कुमालेलाई पाला बनाउन भ्याइनभ्याइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ईङ्लिस बेनकेन्स्टाईन चितवन राइनोजमा



अ+ अ-

काठमाडौँ । चितवन राइनोजले इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ । बेनकेन्स्टाईनले मंसिर १५ बाट काठमाडौंमा हुन गइरहेको नेपाल प्रिमियर लिग (एनपिएलमा) चितवनबाट खेल्ने छन् ।

उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको थियो ।

जनवरीमा भएको यु–१९ विश्वकपमा १९ वर्षीया बेनकेन्स्टाईनले इङ्ल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए । ब्याटिङ र बलिङ दुवैमा निपुर्ण बेनकेन्स्टाईनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटमा ६–४२ को कीर्तिमान राखेका थिए ।

त्यस्तै, सन् २०२२ मा ग्वादर शार्क्सलाई पाकिस्तान सुपर लिग (पिएसएल)को फाइनलमा पुर्‍याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए ।

बेनकेन्स्टाईन आफ्नो परिवारबाट तेस्रो पुस्ताका क्रिकेटर हुन् । उनका बुबा डेल बेन्केन्स्टाईनले दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका थिए भने उनका हजुरबुवा मार्टिन बेन्केन्स्टाईनले जिम्बाब्वे (पहिले रोडेसिया भनेर चिनिन्थ्यो) को प्रतिनिधित्व गरेका थिए । त्यस्तै, उनका काका ब्रेट र बोयडले पनि व्यावसायिक क्रिकेट खेल्थे ।

चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको बेनकेन्स्टाईनले बताएका छन् । ‘नेपाली समर्थकले सिर्जना गर्न सक्ने वातावरण जुनसुकै खेलाडीलाई लोभ्याउने खालको छ । मेरो करियरको यो चरणमा सही किसिमको चुनौती हो । म चितवन राइनोजको प्रतिनिधित्व गर्न र आफ्नो प्रदर्शन देखाउन आतुर छु,’ उनले भनेका छन्।

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानले उनको आगमनले लिगमा उर्जा थपिने विश्वास व्यक्त गरे । ‘उनले जुन ऊर्जा ल्याउन सक्छन् र नेपाली समर्थकलाई मनोरञ्जन दिन सक्छन्, त्यसले नेपाल प्रिमियर लिगलाई थप उज्यालो बनाउनेछ,’ उनले भनेका छन् ।