२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

दर्शकको उच्च मागपछि अमेरिकामा ‘बेहुली फ्रम मेघौली’ पुनः प्रदर्शन सुरु



अ+ अ-

काठमाडौं। अमेरिकामा रहेका नेपाली चलचित्र प्रेमीहरूका लागि खुसीको खबर छ।अत्यधिक मागका कारण नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ पुनः अमेरिकाका विभिन्न सहरमा प्रदर्शनमा आउने भएको छ।

टेक्ससमा ३० भन्दा बढी शो टाइमहरूसहित शुक्रवारबाट यो चलचित्रको प्रदर्शन सुरु भइसकेको छ, जहाँ दर्शकको उल्लेखनीय चाप देखिएको छ। अब यो चलचित्र कोलोराडो, न्यूह्याम्सायर, बाल्टिमोर, भर्जिनिया, बोस्टन लगायत २० भन्दा बढी राज्यहरूमा पनि प्रदर्शनमा आउने अमेरिकाको लागि यस चलचित्रका वितरक रबिन कार्की ‘रायन रेज’ले बताए। यसअघि अक्टोबर ३ नेपालसँगै क्यालिफोर्नियाका थुप्रै थिएटरहरूमा रिलिज भएको यो चलचित्र सो राज्यमा पुनः प्रदर्शन सुरु हुन लागेको कार्कीले जनाए।

नेपाल र अमेरिकामा यो चलचित्रलाई दर्शकहरूको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। यस चलचित्रको अमेरिकाको लागि प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट, र ब्लुम एन्ड कम्पनीले संयुक्त रूपमा खरिद गरेका छन्।

सजन काफ्ले र आकाश बरालद्वारा लेखन तथा निर्देशन गरिएको यस चलचित्रमा निश्चल र स्वस्तिमा खड्काका साथमा वसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिस्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली, र रामबाबु रेग्मी लगायतले अभिनय गरेका छन्।