११ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपः भुटानविरुद्ध पहिलो हाफमै बंगलादेश ५–१ ले अघि



अ+ अ-

काठमाडौँ । साफ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत पहिलो सेमिफाइनलमा बंगलादेश र भुटानबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा पहिलो हाफ सकिँदा बंगलादेशले ५–१ गोलको अग्रता बनाएको छ । बंगलादेशका लागि सबिना खातुन र तोहुरा खातुनले २–२ गोल गरे भने रितु चकमाले एक गोल गरिन् । भुटानकी डेकी ल्हाजोमले एक गोल फर्काएकी छन् ।

यस्तै, दोस्रो सेमिफाइनल अन्तर्गत आज नै घरेलु टोली नेपालले भारतको सामना गर्दैछ । साँझ ६ः३० बजे हुने खेलको विजेता र अहिले भइरहेको खेलको विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।