२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अर्थमन्त्री लक्षित महामन्त्री पौडेलको कटाक्षः सत्तामा पुगेपछि नेताहरूको व्यवहार फेरियो, बजेट चुहावटको छानबिनमा मौनता छायो ‘प्रहरीले बोली व्यवहार सुधारेर व्यवसायिकता प्रदर्शन गरोस्’ बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न आदेश भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

४२ हजार रुपैयाँ लिएर मुम्बई आएका थिए पंकज त्रिपाठी



अ+ अ-

एजेन्सी । बलिउड अभिनेता पंकज त्रिपाठीकी श्रीमती मृदुला उनको परिवारमा एक मात्र कमाउने थिइन् जब पंकज मुम्बई आए र फिल्म उद्योगमा काम पाउन संघर्ष गरिरहेका थिए ।

विवाहित जोडी मुम्बई आएका थिए, जहाँ मृदुला शिक्षिकाको रूपमा काम गर्थिन् । पंकजले आफ्नो करियरको सुरुवाती दिनमा आफ्नी श्रीमतीबाट धेरै सहयोग पाएको धेरै अन्तर्वार्तामा उल्लेख गरेका छन् । जसका कारण उनले अन्य संघर्षकर्ताको तुलनामा कम मेहनत गर्नुपरेको थियो ।

अतुलसँगको कुराकानीसँगको अन्तर्वार्तामा मृदुलाले आफ्नो जीवनका धेरै कथा सुनाइन् । मृदुलाले भनिन्, ‘जब हामी मुम्बई सिफ्ट भयौं, हामीसँग कुनै बचत थिएन । मलाई लाग्छ, हामीसँग मुश्किलले ४२ हजार रुपैयाँ थियो । घरको स्थिर पुँजीका लागि पनि यो पर्याप्त थिएन । तर कुनै न कुनै रूपमा हामीले यसलाई सामना गर्न सफल भयौं ।’

धेरै फिल्म गरेका पंकज त्रिपाठीले फिल्म ‘ग्याङ्ग्स अफ वासेपुर’बाट पाएको जस्तो पहिचान अन्य फिल्मबाट पाउन सकेनन् । यो फिल्ममा उनको भूमिकाको निकै प्रशंसा भएको थियो । त्यसपछि ओटीटीमा रिलिज भएको मिर्जापुरले उनको ‘कालिन भैया’को चरित्रलाई थप यादगार बनायो ।

१७ वर्षीय पंकज विवाह समारोहमा मृदुलासँग प्रेममा परे । यो प्रेमकथालाई विवाहमा लैजान समस्या यो थियो कि पंकजकी बहिनीको विवाह मृदुलाको भाइसँग भएको थियो र उनीहरुको घरको परम्परा अनुसार उनको बहिनीको ज्वाइँसँग विवाह हुन सक्ने थिएन ।

पंकज मान्नेवाला थिएनन्, उनले पहिले नै आफ्नो मन मृदुलालाई दिएका थिए । यस्तो अवस्थामा उनले आफ्नो परिवारलाई मनाउन निकै प्रयास गर्नुपर्‍यो तर अन्ततः उनले आफ्नो परिवारलाई मनाउन सफल भए । परिवारको सहमतिपछि दुवैले १५ जनवरी २००४ मा विवाह गरेका थिए । यो जोडीको एउटी छोरी आशी छिन् ।