१२ श्रावण २०८३, मंगलवार
,
Latest
देवानगञ्ज घटनापछि सरकारको निर्णय: निःशुल्क उपचार, सात दिनभित्र छानबिन प्रतिवेदन र दोषीमाथि कडा कारबाही इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु नारायणगढ–मुग्लिन सडकमा रातिमा यातायात सेवा बन्द राष्ट्रप्रति पौडेलद्वारा पूर्वउपप्रधानमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त कर्णाली मुख्यमन्त्रीमा नेता शाही नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

एआईसम्बन्धी राष्ट्रिय नीति बनाउँदै छौँः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी राष्ट्रिय नीति बनाउने तयारी गरिरहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा युवा सङ्घ नेपालले आज आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआइं)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ मा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा सरकार रहेको बताउनु भयो । उहाँले एआई विकास र मानिसका सुविधाका लागि प्रयोग हुनुपर्ने बताउनु भयो । उहाँले एआईको गलत प्रयोग गरेर समाजमा विद्वेष फैल्याउने कामको भने कडा निगरानी हुन जरुरी रहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले एआईका गलत पक्षलाई छोडेर राम्रा पक्षहरु ग्रहण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जीवनलाई सरल र सहज बनाउन एआईको उपयोग गर्नुपर्ने बताउनु भयो । देशको विकासमा सहयोग पुग्ने उद्देश्यबाट एआईको प्रयोग गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आर्टिफिसियल इन्टेलिजेन्सले धेरै ठूलो मद्दत पु¥याएको छ, विकासका लागि । ठूलो सहयाग गरेको छ । सँगै यसले समाजमा मिस इन्फरमेसन, डिस इन्फरमेसन जस्ता कुराहरु फैल्याएर समाजमा द्वेष कलह भएको छ । यसको मिसयुजको सम्भावना र यसले समाजलाई अझ सभ्य, व्यवस्थ्ति, उन्नत र राम्रो हुनुपर्ने ठाउँमा कतिपय ठाउँमा विकृत र विसंगत पक्षहरुलाई यसले बढाएको देखिन्छ । यसको समाधान कसरी गर्ने, रोक्ने उपाय के होला । राम्रो पक्षको विकास गर्ने, राम्रो पक्षलाई बढाउने कुरामा लाग्नुपर्छ । एआईको दुरुपयोगले मैले गाएको गीत, म नाचेको भिडियो हेर्छु ।’

‘मलाई गीत त गाउन आउँदैन । एआईले मेरो स्वरमा राम्रो गीत गाउँछ । यो मै हेरिरहेको छु । एआईलाई यसरी मिसयुज गर्नु हुँदैन । डिजिटल नेपाल भनेको यो खालि मोबाइलमा मात्रै काम हुन्छ भन्नेकुरा त होइन । हामी गाडीमा पुग्दा टाढैबाट ढोका खुल्छ । घरमा जाँदा पनि अनलक गर्न सकिन्छ । अफिसमा हाजिर गर्दा मान्छे चिन्छ । अनुहार चिन्छ । जीवनलाई सरल र सहज बनाउनुपर्छ । देशको विकासमा सहयोगी हुने उद्देश्यले एआईको प्रयोग गर्नुपर्छ । यसका केही खतराका पक्षहरु देख्दादेख्दै पनि राम्रा पक्षको प्रयोग गर्नुपर्छ । विकासका लागि हामीले डिजिटल नेपालको कन्सेप्ट अघि सारेको हो । एआईको स्टाटेजि प्लानको विषयको तयारी र एआईसम्बन्धी राष्ट्रिय नीति तयार गर्ने काममा हामी छौँ ।’

प्रधानमन्त्री ओलीले नेपालले आफैँ एआईको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।