२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरासतमा रविमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक – कास्की प्रहरी



अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक भएको बताएको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले एक विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका लामिछानेमाथि दुर्व्यवहार भयो भन्नु भ्रामक भएको प्रतिक्रिया दिएको हो ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

रविलाई अदालतमा उपस्थित गराउने क्रममा प्रहरीले अपशब्द बोलेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको खबर भ्रामक र झुटो रहेको विज्ञप्तिमा जनाइएको छ ।

सहकारी प्रकरणमा पक्राउ परेका लामिछानेमाथि अनुसन्धान गर्न प्रहरीलाई कास्की जिल्ला अदालतले कात्तिक ८ गते थप सात दिनको म्याद दिएको छ ।

सो समयमा रविलाई भेट्न नदिएको भन्दै लामिछाने पक्षका वकिलले सामाजिक सञ्जालबाट लाइभ गरेका थिए ।