११ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र लिभरपुल भिड्दै



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आइतबार चार खेल हुँदैछन् ।

यसमध्ये आजको प्रतिक्षित खेलमा आर्सनल र लिभरपुलबीचको खेल रहेको छ । जारी लिगमा ८–८ खेल खेलेका लिभरपुल २१ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने आर्सनल १७ अंकसहित चौंथो स्थानमा छ ।

यसअघिको खेलमा लिभरपुलले चेल्सीलाई २–१ गोलले हराउँदा आर्सनल भने बर्नमाउथसँग २–० गोलले स्तब्ध बनेको थियो ।

तालिकाको शीर्षस्थानमा म्यान्चेस्टर सिटी उक्लिएसँगै लिभरपुललाई शीर्षस्थानमा रहनका लागि आजको खेल जित्नैपर्ने दबाब छ भने अर्कोतिर घरेलु मैदानमा दर्शकको साथ पाउने आर्सनल आजको खेल जित्दै आफ्नो लय फर्काउन चाहन्छ ।

आजका खेलहरुः
क्रिस्टल प्यालेस भर्सेस टोटेनहम – ७ः४५ बजे
चेल्सी भर्सेस न्युक्यासल युनाइटेड – ७ः४५ बजे
वेस्टहाम युनाइटेड भर्सेस म्यान्चेस्टर युनाइटेड – ७ः४५ बजे
आर्सनल भर्सेस लिभरपुल – १०ः१५ बजे