४ भाद्र २०८३, बिहीबार
,
Latest
ललितपुर महानगरपालिकाको काम प्रशंसनीय र उदाहरणीयः गृहमन्त्री गुरुङ यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर क्यान्सरका बिरामी तस्करीको औषधीमा निर्भर, अत्यावश्यक औषधी दर्तामा विभागको बेवास्ता चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल र लिभरपुल भिड्दै



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आज आइतबार चार खेल हुँदैछन् ।

यसमध्ये आजको प्रतिक्षित खेलमा आर्सनल र लिभरपुलबीचको खेल रहेको छ । जारी लिगमा ८–८ खेल खेलेका लिभरपुल २१ अंकका साथ दोस्रो स्थानमा रहेको छ भने आर्सनल १७ अंकसहित चौंथो स्थानमा छ ।

यसअघिको खेलमा लिभरपुलले चेल्सीलाई २–१ गोलले हराउँदा आर्सनल भने बर्नमाउथसँग २–० गोलले स्तब्ध बनेको थियो ।

तालिकाको शीर्षस्थानमा म्यान्चेस्टर सिटी उक्लिएसँगै लिभरपुललाई शीर्षस्थानमा रहनका लागि आजको खेल जित्नैपर्ने दबाब छ भने अर्कोतिर घरेलु मैदानमा दर्शकको साथ पाउने आर्सनल आजको खेल जित्दै आफ्नो लय फर्काउन चाहन्छ ।

आजका खेलहरुः
क्रिस्टल प्यालेस भर्सेस टोटेनहम – ७ः४५ बजे
चेल्सी भर्सेस न्युक्यासल युनाइटेड – ७ः४५ बजे
वेस्टहाम युनाइटेड भर्सेस म्यान्चेस्टर युनाइटेड – ७ः४५ बजे
आर्सनल भर्सेस लिभरपुल – १०ः१५ बजे