११ कार्तिक २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटिको साँघुरो जित



अ+ अ-

काठमाडौं । ईंग्लिश प्रीमियर लिग फुटबलमा म्यान्चेस्टर सिटिले जित निकालेको छ ।

शनिबार भएको खेलमा सिटिले साउथह्याम्पटनलाई १-० गोलले हराएको हो ।

सिटिको जितमा एकमात्र निर्णायक गोल एर्लिङ हालाण्डले गरे । उनले खेलको पाचौं मिनेटमा नै गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र सिटि विजयी बन्यो ।

जितसङ्गै सिटि अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । उसको ९ खेलबाट २३ अङ्क छ । साउथह्याम्पटन १ अङ्कसहित पुछारमा छ ।