१० कार्तिक २०८१, शनिबार
,
Latest
ग्लोबल आईएमईलाई विश्वकै उत्कृष्ट बैंक अवार्ड रविलाई पक्राउको विरोधमा आन्दोलन जारी राख्ने रास्वपाको निर्णय सोमबारबाट केरूङ नाका सञ्चालनमा ल्याउने तयारी ‘आठौं कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड’ सम्पन्न चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस: सुनिरा र रितिक च्याम्पियन लिग २ को अमेरिका सिरिजका लागि रोहितको कप्तानीमा नेपाली टोली घोषणा तापमान वृद्धिलाई सीमित गर्ने प्रयासमा सबै राष्ट्र एकजुट हुनुपर्ने हामी अहिले नै सरकारलाई गल्हत्याउने पक्षमा छैनौः प्रचण्ड संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड नेपाली जहाँ पुुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आईएमईलाई विश्वकै उत्कृष्ट बैंक अवार्ड



अ+ अ-

काठमाडौं । ग्लोबल फाइनान्स म्यागेजिनले विश्वका उत्कृष्ट बैंकहरुमध्येबाट प्रदान गर्ने ‘वल्र्ड बेस्ट बैंक अवार्ड–२०२४ ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको छ ।

अमेरिकामा आयोजित एक कार्यक्रममा ग्लोबल फाइनान्स म्यागेजिनले ग्लोबल आईएमई बैंकलाई सम्मान गरेको हो । ग्लोबल बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठूलो र ‘ग्लोबल’ पहिचान हो बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत् अध्यक्ष ढकालले भन्नुभएको छ– ‘यो अवार्डले ग्लोबल आइएमई बैंक मात्र नभएर नेपालको बैंकिङ तथा समग्र वित्तीय क्षेत्रलाई अझ उच्चस्तरीय सेवा प्रदान गर्न थप प्रोत्साहित गरेको छ भन्ने मलाई लागेको छ । यो खुसीको क्षणमा आदरणीय ग्राहक महानुभावहरु, नेपाल राष्ट्र बैंक, नेपाल सरकार, ग्लोबल आइएमई बैंकका कर्मचारी र सम्बद्ध सबैमा धन्यवाद र शुभकामना व्यक्त गर्न चाहन्छु । साथै यस खुसीको क्षणमा आगामी दिनहरुमा पनि अझै जिम्मेवार भई उच्चस्तरीय सेवा प्रदान गर्न हामी थप प्रतिबद्ध रहने प्रण गर्दछौँ ।’