१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड

संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड
अ अ+ अ-

काठमाडौँ । नेपालको संविधान जारी भएको १० वर्षका अवधिलाई सूक्ष्म रूपमा मूल्याङ्कन गरी देश र जनताका पक्षमा संविधान संशोधन गर्नुपर्ने धारणा व्यक्त गरिएको छ ।

प्रजातान्त्रिक विचार समाजद्वारा आज यहाँ आयोजित ‘बधाई तथा सम्मान कार्यक्रमसहित संविधान संशोधन’ विषयक छलफलका अवसरमा वक्ताहरूले प्रजातान्त्रिक मूल्यमान्यता र समावेशी सिद्धान्तलाई आत्मसात् गरी संविधान संशोधन गर्नुपर्नेमा जोड दिनुभयो । संविधान संशोधनको मुद्दालाई प्राथमिकतामा राखी नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० जस्ता दुई ठूला राजनीतिक दल सम्मिलित सरकार गठन भएको विद्यमान सन्दर्भमा बौद्धिकजगत्सहित आमनागरिकबाट ठोस राय–सुझावको अपेक्षा गरिएको उहाँहरूले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, समाजसेवालगायत अधिकांश क्षेत्रमा अस्वस्थ, गैरजिम्मेवार एवं विवेकहीन राजनीति हाबी भएको चर्चा गर्दै वक्ताहरूले समयसापेक्ष एवं जनमुखी संविधानका पक्षमा वकालत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अहिले शिक्षा, स्वास्थ्य, बैङ्क तथा वित्तीय संस्थाजस्ता सेवामूलक क्षेत्रमा समेत राजनीतिक गतिविधिले प्रश्रय पाउनु दुःखद भएको धारणा व्यक्त गर्दै वक्ताहरूले पेसा–व्यवसायका रुपमा भन्दा सेवाभावसहितको संस्कारयुक्त राजनीतिक प्रणाली स्थापनाका पक्षमा उभिन समग्र देशवासीसँग अनुरोध गर्नुभयो ।

सो अवसरमा दक्षिण अफ्रिकाका लागि नवनियुक्त राजदूत प्राध्यापक कपिल श्रेष्ठले प्रजातन्त्र र मानवअधिकारलाई सदैव आत्मसात् गरी आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै देश र जनताको पक्षमा पदीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले मुलुकको न्याय, प्रशासन, धर्म, संस्कृति, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा देखिएका विकृति, विसङ्गति, ढिलासुस्तीको न्यूनीकरण एवं अन्त्यसहित राजनीतिक स्थायित्व, सुशासन र समृद्धिका लागि संविधान संशोधन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संविधानसभा सदस्य जनदीशनरसिंह केसीले विद्यमान संविधानका कारण देशमा समस्या सिर्जना भएको हो भने संशोधनका लागि बौद्धिकजगत्बाट नेतृत्वदायी भूमिका निर्वाह हुनुपर्ने धारणा व्यक्त गर्दै व्यावहारिक एवं वस्तुनिष्ट ढङ्गबाट सुझाव दिन सम्बद्ध सबैसँग अनुरोध गर्नुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष कुलचन्द्र वाग्ले र निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले केही संवैधानिक प्रावधान, शासकीय स्वरुप र शासन सञ्चालन विधि, कानुनी राज्य, शक्ति बाँडफाँटलगायतका मुद्दामा विभिन्न कोणबाट प्रश्न उठ्न थालेको यथार्थलाई मध्यनजर गरी संविधान संशोधनका पक्षमा आवश्यक बहस पैरवी गर्नुपर्ने समय आएको बताउनुभयो ।

कार्यक्रममा प्रजातान्त्रिक विचार समाजका सल्लाहकार प्रा श्रेष्ठ दक्षिण अफ्रिकाका लागि राजदूत पदमा नियुक्त हुनुभएकामा बधाईसहित सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो । रासस