२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’



अ+ अ-

पाटन । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

राष्ट्र निर्माणका लागि समाजलाई रुपान्तरण गर्न खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने बताउनुभएको छ ।

गणेशमान सिंह प्रतिष्ठानद्वारा आज यहाँ आयोजित वीर गणेशमान चौथो राष्ट्रिय टेनिस प्रतियोगिताको समापन समारोहमा उहाँले खेलकुदको माध्यमबाट सामाजिक रुपान्तरणमा योगदान पुग्नाका साथै अनुशासित जनशक्ति विकासमा पनि सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यालय तहदेखि नै टेनिसलगायत खेलकुदलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद्लाई सुझाव दिनुभयो ।

प्रतिष्ठानका कार्यसमिति सदस्य भाष्करमान सिंहले प्रतियोगिताका निम्ति सहयोग गरेका सबै सङ्घसंस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

नेपाल टेनिस सङ्घका सचिव मालिका राणाले प्रतियोगिताका माध्यमबाट खेलाडी उत्पादनका साथै प्रतिभा प्रस्फुटनमा सहयोग पुगेको बताउनुभयो । रासस