२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा इरानमा क्षेप्यास्त्र आक्रमण



अ+ अ-

एजेनसी । इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको बताएको छ ।

इजरायली सेनाले आफ्नो आक्रमणले इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ ।

त्यसैगरी, इरानले राजधानी तेहरान र देशका अन्य सैन्य आधारमा भागमा इजरायली आक्रमण भएको पुष्टि गरेको छ ।

इजरायलले अक्टोबर १ मा इरानमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो, जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो ।

“इजरायली सुरक्षा बल ९आईएएफ०को विमानले इरानले इजरायली राज्यमा प्रहार गरेको क्षेप्यास्त्र उत्पादन गर्न प्रयोग गरिने क्षेप्यास्त्र उत्पादन केन्द्रहरुमा प्रहार गरेको छ“, इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो।
“त्यसैगरी, आईडीएफले अतिरिक्त इरानी हवाई क्षमताहरू प्रहार गरेको छ“, सेनाले भन्यो, “यससँगै हाम्रो मिसन पूरा भएको छ ।”

सन् २०२३ को अक्टोबर ७ मा आफ्नो इतिहासको सबैभन्दा घातक आक्रमणपछि, इजरायलले गाजामा हमाससँग लडिरहेको छ, र गत महिनाको अन्त्यदेखि, यो लेबनानमा हिजबुल्लाहसँग युद्धमा रहेको छ ।

इजरायली सेनाले एक विज्ञप्तीमार्फत इरानबाट भइरहेको महिनौंको निरन्तर आक्रमणको प्रतिक्रार स्वरुप इरानी सैन्य लक्ष्यहरूमा सटीक आक्रमण गरिरहेको बताएको छ ।

आक्रमणपछि इरानले शनिबार सबै उडानहरू स्थगित गरेको उड्डयन प्राधिकरणले घोषणा गरेको छ ।

दमास्कसस्थित इरानको कन्सुलर एनेक्समा भएको घातक आक्रमणको बदलामा इरानले अप्रिलमा इजरायली क्षेत्रमा पहिलो पटक प्रत्यक्ष आक्रमण सुरु गरेको थियो ।