१० कार्तिक २०८१, शनिबार
,
Latest
‘राष्ट्रको प्रतिष्ठा वृद्धिमा खेलकुद क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ’ अन्तर्राष्ट्रिय बजारमा तयारी चियाको माग बढी, उत्पादनमा कमी गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आग्रह‐ विदेशको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउनुहोस् रुसले युक्रेनमा फेरि आक्रमण गर्यो, पाँच जनाको मृत्यु एल क्लासिको आज, रियल र बार्सिलोना आमनेसामने हुँदै इजरायलद्वारा इरानमा क्षेप्यास्त्र आक्रमण नेपालले जलवायुजन्य क्षतिपूर्तिका लागि प्रविधि, ज्ञान र वित्तमा जोड दिनुपर्दछः न्यायाधीश प्रधान जलवायुजन्य मुद्दाको नेतृत्व नेपालले गर्नुपर्छः प्रधानमन्त्री ओली सरकारले भन्यो : सहकारी ठगीमा सत्तापक्ष र बिपक्षी भन्ने हेरिन्न वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजरायलद्वारा इरानमा क्षेप्यास्त्र आक्रमण



अ+ अ-

एजेनसी । इजरायलले इरानका विभिन्न सैन्य आधारमा शनिबार हवाई आक्रमण गरेको बताएको छ ।

इजरायली सेनाले आफ्नो आक्रमणले इरानको मिसाइल उत्पादन केन्द्रलगायत विभिन्न क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गरेको जनाएको छ ।

त्यसैगरी, इरानले राजधानी तेहरान र देशका अन्य सैन्य आधारमा भागमा इजरायली आक्रमण भएको पुष्टि गरेको छ ।

इजरायलले अक्टोबर १ मा इरानमाथि गरेको क्षेप्यास्त्र आक्रमणको जवाफ दिने वाचा गरेको थियो, जुन इस्लामिक गणतन्त्रले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि गरेको दोस्रो प्रत्यक्ष आक्रमण हो ।

“इजरायली सुरक्षा बल ९आईएएफ०को विमानले इरानले इजरायली राज्यमा प्रहार गरेको क्षेप्यास्त्र उत्पादन गर्न प्रयोग गरिने क्षेप्यास्त्र उत्पादन केन्द्रहरुमा प्रहार गरेको छ“, इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो।
“त्यसैगरी, आईडीएफले अतिरिक्त इरानी हवाई क्षमताहरू प्रहार गरेको छ“, सेनाले भन्यो, “यससँगै हाम्रो मिसन पूरा भएको छ ।”

सन् २०२३ को अक्टोबर ७ मा आफ्नो इतिहासको सबैभन्दा घातक आक्रमणपछि, इजरायलले गाजामा हमाससँग लडिरहेको छ, र गत महिनाको अन्त्यदेखि, यो लेबनानमा हिजबुल्लाहसँग युद्धमा रहेको छ ।

इजरायली सेनाले एक विज्ञप्तीमार्फत इरानबाट भइरहेको महिनौंको निरन्तर आक्रमणको प्रतिक्रार स्वरुप इरानी सैन्य लक्ष्यहरूमा सटीक आक्रमण गरिरहेको बताएको छ ।

आक्रमणपछि इरानले शनिबार सबै उडानहरू स्थगित गरेको उड्डयन प्राधिकरणले घोषणा गरेको छ ।

दमास्कसस्थित इरानको कन्सुलर एनेक्समा भएको घातक आक्रमणको बदलामा इरानले अप्रिलमा इजरायली क्षेत्रमा पहिलो पटक प्रत्यक्ष आक्रमण सुरु गरेको थियो ।