१० कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुँदै



अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन हुने भएको छ ।

विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले मन्त्रालयको नाम वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने निर्णय गरेको हो ।

सम्मेलनमा वन मन्त्रालयका सचिव दीपककुमार खरालले वन मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन निर्णय भएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा सरकार रहेको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भुगोलको कारणले धेरै समस्या र चुनौतिहरु महशुस गरिरहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको जलवायु परिवर्तनमा समन्वयको कुरा अत्यन्त महत्वपूर्ण छ । वन तथा वातावरण मन्त्रालय हिजो भएको परिषद्को बैठकबाट यस मन्त्रालयलाई वन, वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयको रुपमा नामांकन गर्न निर्देशन भएको छ । त्यो अनुसार हामी जाँदैछौँ । जलवायु परिवर्तनका क्रियाकलापलाई समन्वयात्मक रुपमा अघि बढाएर लैजाने योजनामा हामी छौँ । जलवायु परिवर्तनबाट नेपालको विशेष परिवेश, पर्वतीय भुगोलको कारणले धेरै समस्या र चुनौतिहरु महशुस गरिरहेका छौँ । जलवायु परिवर्तनको एउटा मुख्य कारक हुँदाहुँदै त्यसमा थपिएको हाम्रो पर्वतीय श्रृंखलाको एउटा संवेदनशील कारणले आफ्नो फाइदा पनि छ, यसको मूल्य पनि छ ।’

सचिव खरालले जलवायु परिवर्तनका कारणले नेपालले ठूलो क्षति व्यहोरिरहेको बतउनु भयो । जलवायु परिवर्तनको समस्या नेपालका कारण नभएको बताउनु भयो ।

शनिवार काठमाडौंमा कोप—२९ सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले देशको पोजिसन पेपर बनाउन राष्ट्रिय सम्मेलन आयोजना गरेको हो ।