१० कार्तिक २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाना चक्रवातको प्रभाव : आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना



अ+ अ-

काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘दाना’को असर नेपालमा पनि परेको छ । हाल देशभर पश्चिमी वायुका साथै बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को अंशको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी दुइटा प्रणालीको प्रभावले आज कोशी प्रदेशमा आंशिकतदेखि साधारणतया बदली रहेको र अरू प्रदेशहरूमा आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ ।

दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखी साधारणतया बदली र बांकी भू–भागमा आंशिकखी मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

पहाडी भू–भागका एक–दुई स्थानमा दिउँसो मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

आज राति पनि कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ ।

राति कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।