१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल

जलवायु परिवर्तनको प्रतिकुल प्रभावले समग्र राष्ट्रको सुरक्षामा असर पार्नेछः प्रधानसेनापति सिग्देल

जलवायु परिवर्तनको प्रतिकुल प्रभावले समग्र राष्ट्रको सुरक्षामा असर पार्नेछः प्रधानसेनापति सिग्देल
अ अ+ अ-

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र सम्भावित खतराहरुको मूल्यांकन गरी न्युनिकरणको रणनीति तयार पारेर प्रभावकारी कार्यान्वयन गर्ने काममा ढिलाई गर्न नहुने बताउनुभएको छ ।

शुक्रवार संरक्षण समूह नेपालले सैनिक मुख्यालय भद्रकालीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो कुरामा जोड दिनुभएको हो । प्रधानसेनापति सिग्देलले नेपालमा जलवायु परिवर्तनको प्रतिकुल प्रभावका कारण राष्ट्रका समग्र सुरक्षामा असर पार्ने उल्लेख गर्दै त्यसलाई न्युनिकरण गर्ने कार्यमा ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो । समग्र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने सम्भावित चुनौतिहरुको समिक्षा गर्नुपर्ने आवश्यक्ता पनि उहाँले औंल्याउनु भयो । प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै त्यस्ते अवस्था आउन नदिन सचेत भएर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनले पार्ने प्रतिकुल प्रभावहरुले राष्ट्रका समग्र सुरक्षामा पनि पक्कै पनि असरहरु पार्नेछ । तसर्थ जोखिम र सम्भावित खतराहरुको मूल्यांकन गरी न्युनिकरणको रणनीति तयार गरी प्रभावकारी कार्यान्वयन गर्नुमा ढिलाई भइसकेको छ । वर्तमान परिप्रेक्ष्यमा समग्र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने सम्भावित चुनौतिहरुको समिक्षा गर्नुपर्ने आवश्यकक्ता पनि उत्तिकै महत्वपूर्ण रहेको छ । आर्थिक समृद्धिको मुख्य आधार कृषि उत्पादन र प्राकृतिक स्रोतहरुमा हुने ह्रासले अर्थतन्त्रमा शिथिलता ल्याउने तथा प्राकृतिक प्रकोप व्यवस्थापन, खाद्य तथा जलस्रोत एवं वातावरणीय विनाशका कारण पर्यटन क्षेत्रमा समेत असर पर्न जाने देखिन्छ । जसले गर्दा राष्ट्रिय अर्थतन्त्रमा ठूलो जोखिम निम्त्याउन सक्दछ । साथै हाम्रो जस्तो राष्ट्रमा वातावरणीय विनाशका कारण बढदो विपत्तिले पूर्वाधारमा क्षति तथा पुनर्निर्माणमा पनि कठिनाई भई विकासका योजना समेत नकारात्मक असर परिरहेको हामीले देखिसकेका छौँ ।’

प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पर्नेतर्फ पनि ध्यानाकर्षण गराउनु भयो । —न्युज एजेन्सी नेपाल