१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्णः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सरकार परिवर्तनको कुरा निरर्थक र भ्रमपूर्ण भएको बताउनुभएको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले सरकार बदलिने कुरा निरर्थक हल्ला र भ्रमपूर्ण हल्ला भएको बताउनुभएको हो ।

उहाँले यस प्रकारको हल्लाका पछाडी कुनै तर्क र अर्थ नभएको बताउनु भयो । उहाँले वर्तमान सरकार बहुमतका साथ अगाडी बढिरहेको भन्दै त्यस प्रकारको भ्रममा नपर्न आग्रह समेत गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एउटा निरर्थक हल्ला, भ्रमपूर्ण हल्ला अब यो सरकार बदलिन्छ । आज बदलिन्छ । भोलि बदलिन्छ भन्ने खालका जुन कुराहरु छन् । त्यसका पछाडी कुनै तर्क, अर्थ केही पनि छैन । त्यो निरर्थक र भ्रमपूर्ण कुरा हो । अहिलेको सरकार अत्यन्त बहुमतका साथ अगाडी बढिराखेको छ । त्यो भ्रममा नपर्न पनि आजको बैठकले दृढ विश्वास व्यक्त गरेको छ ।’

गृहमन्त्री लेखकले संविधान संशोधन राजनीतिक सहमती निर्माण गरेर गरिने बताउनु भयो ।