२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनकामना दर्शनका लागि जाँदै गरेको भ्यान महादेवबेसीमा दुर्घटना, ११ जना घाइते



फोटोः सुरज शिल्पकार
अ+ अ-

काठमाडौं । काठमाडौंबाट मनकामना दर्शनका लागि चितवनको कुरिनटार जाँदै गरेको भ्यान धादिङको महादेवबेसी नजिक दुर्घटना भएको छ ।

आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मनकामना दर्शनका लागि जाँदै गरेको भ्यान अनियन्त्रित भई सडकबाट तल खसेको महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठले जानकारी दिए ।

घाइतेहरुको उपचार महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भइरहेको छ ।