९ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वार्नरको कप्तानीमा लागेको आजीवन प्रतिबन्ध हट्यो



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका ओपनर डेभिड वार्नरलाई लगाइएको कप्तानीबाट आजीवन प्रतिबन्ध फुकुवा भएको छ । २०१८ मा, वार्नरलाई क्रिकेट अष्ट्रेलियाले अष्ट्रेलियामा कुनै पनि टोलीको कप्तानी गर्न आजीवन प्रतिबन्ध लगाएको थियो ।

तर, क्रिकेट अष्ट्रेलियाको आचरण आयोगले उक्त निर्णय पुनरावलोकन गरी वार्नरमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । प्रतिबन्ध फुकुवा भएसँगै उनी आगामी बीबीएल सिजनमा सिड्नी थन्डरको कप्तानी गर्ने अनुमान गरिएको छ ।

सन् २०१८ मा दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचमा बल टेम्परिङ गरेको आरोपमा डेभिड वार्नरमाथि यो प्रतिबन्ध लगाइएको थियो । वार्नर बाहेक स्टिभ स्मिथ र क्यामरुन ब्यानक्रफ्ट पनि बल टेम्परिङ मुद्दामा दोषी ठहर भएका थिए, जसलाई क्रिकेटबाट एक वर्ष प्रतिबन्ध लगाइएको थियो ।

डेभिड वार्नरलाई प्रतिबन्ध लगाएको ६ वर्षपछि क्रिकेट अष्ट्रेलियाले आफ्नो निर्णय फिर्ता लिएको हो । यस सम्बन्धमा क्रिकेट अष्ट्रेलियाले एक प्रेस विज्ञप्ति जारी गरी अक्टोबर २५ मा आचार आयोगको ३ सदस्यीय प्यानलले वार्नरमाथि लगाइएको आजीवन नेतृत्व प्रतिबन्ध हटाउने निर्णय गरेको बताइएको छ ।

२०१९ मा उनीविरुद्ध आजीवन नेतृत्व प्रतिबन्ध लगाइएपछि मात्र डेभिड वार्नरले यसलाई फिर्ता लिन अपील गरे । वार्नर २०२२ मा आफूमाथि लगाइएको प्रतिबन्धबाट यति दिक्क भएका थिए कि उनले अपील फिर्ता लिए ।

अब ६ वर्षको प्रतिक्षापछि अन्ततः वार्नरमाथिको कप्तानीबाट प्रतिबन्ध हटेको छ । वार्नरमाथिको यो प्रतिबन्ध अष्ट्रेलियामा मात्र सीमित थियो ।