९ कार्तिक २०८१, शुक्रबार
,
Latest
खाँदबारी–किमाथाङ्का खण्ड निर्माणले तीव्रता पायो वार्नरको कप्तानीमा लागेको आजीवन प्रतिबन्ध हट्यो माघ ४ र ५ गते काठमाडौंमा ‘फेस अफ क्लासिक डाइमन्ड’को पाँचौँ सिजन आयोजना हुने सरकारको कामप्रति काँग्रेस सन्तुष्ट छः सभापति देउवा पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी अध्यक्ष ढकालद्धारा नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई आग्रह महिला सशक्तिकरण आवश्यक छः मन्त्री सुडी सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न युएस चेम्बर अफ कमर्सका सदस्यलाई उपप्रधानमन्त्री पौडेलको आग्रह तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्रीसँग एमसिसीकी प्रमुख कार्यकारीको भेट



अ+ अ-

वासिङ्टन डिसी, (अमेरिका) । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)की प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता भएको छ ।

उक्त भेटका अवसरमा मिलेनियम च्यालेन्ज कर्पोरेसनको कम्प्याक्ट एग्रिमेन्टअन्तर्गत गत वर्षदेखि कार्यान्वयन भएको परियोजना तथा अन्तरदेशीय प्रसारण लाइनका बारेमा छलफल भएको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ ।

उपप्रधानमन्त्री पौडेल र निर्देशक लीबीच भेटवार्ता

अर्थमन्त्री पौडेलसँग अन्तर्राष्ट्रिय मुद्रा कोषका उपकार्यकारी निर्देशक बो लीले पनि आजै भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबीच वित्तीय सहायता, परामर्श सेवा र प्राविधिक सहयोगबारे छलफल भएको थियो ।

उपकार्यकारी निर्देशक बोले नेपालको आर्थिक प्रगति सन्तोषजनक रहेको बताउनुभएको थियो । अर्थमन्त्रीका साथमा अर्थसचिव रामप्रसाद घिमिरे, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी तथा यहाँस्थित दूतावासका कार्यवाहक राजदूत कुमारराज खरेलको हुनुहुन्थ्यो । रासस