५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ



अ+ अ-

काठमाडौं । बुधबार भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । गोस्वामीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा घरबाटै पक्राउ गरिएको हो । उनी रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादकसमेत रहि सकेका थिए । 

रिपब्लिकन टेलिभिजनले यसअघि नै बन्द भइसकेको मुद्दामा गोस्वामीलाई पक्राउ गरिएको आरोप लगाएको छ । उनलाई कुन मामिलामा अनुसन्धानको लागि हिरासतमा लिइएको भन्ने पनि स्पष्ट पारेको छैन ।

गोस्वामीमाथि सन् २०१८ मा  एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ । यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो ।