९ मंसिर २०८१, आईतवार
,
Latest
चिकित्सा शिक्षा आयोगको बैठक : पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति सोमवारदेखि शुरु हुँदै सूर्य नेपाल गल्फ टुरको नयाँ सिजन ‘स्टार्ट अप सरकारको लोकप्रिय कार्यक्रम बन्छ’ जम्न थाले मनाङका नदी र ताल राहदानी विभागको कम्प्युटरमा भाइरस पसेपछि सेवा ठप्प दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा एमालेले बुझ्न मानेन बालेनले पठाएको जरिवानाको पत्र आवासीय चिकित्सकको शिक्षण शुल्क बढाउँदै सरकार, आन्दोलनको तयारीमा चिकित्सकहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ नागरिकसँग १६ वर्षीया किशोरीको जबरजस्ती विवाह गराइदिने ८ जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले १६ वर्षीया बालिकालाई चिनियाँ नागरिकसँग जबरजस्ती विवाह गराइदिएको आरोपमा मण्डपबाटै ८ जनालाई पक्राउ गरेको छ ।

धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई सुनसरीको चतरास्थित औलिया बाबाको मन्दिरमा चीनको हुबेल भन्ने स्थान बस्ने ३३ वर्षीय लि टेङ नामका चिनियाँ नागरिकसँग विवाह गराउँदै गर्दा उद्दार गरिएको हो ।

प्रहरीले तीन जना चिनियाँ नागरिकसहित ८ जनालाई पक्राउ गरेको जनाएको छ । किशोरीका बाबु, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दीपक दर्जी, सोही स्थानका ४२ वर्षीय बद्रीबिक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका– १२ का २० वर्षीय शितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङसँगै चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको सुनसरी प्रहरीले जनाएको छ ।

२० वर्ष उमेर नपुगी विवाह गर्नु वा गराउन नहुने कानुनी व्यवस्था व्यवस्था अनुसार पक्राउ गरिएको प्रहरीले जनाएको छ । जबर्जस्ती विवाह गराएमा विवाह बदर गरी कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना गर्ने कानुनी व्यवस्था छ । मुलुकी देवानी संहिता २०७४ म‍ा यस्तो व्यवस्था गरिएको छ ।