८ कार्तिक २०८१, बिहीबार
,
Latest
कोप–२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको हुँदैछः स्वास्थ्यमन्त्री पौडेल विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति चिनियाँ नागरिकसँग १६ वर्षीया किशोरीको जबरजस्ती विवाह गराइदिने ८ जना पक्राउ समस्याग्रस्त सबै सहकारीको समस्या आगामी वर्षभित्र समाधान हुन्छः मन्त्री अधिकारी माल्दिभ्सलाई १३–० ले हराउँदै भुटान सेमिफाइनलमा कृषि फार्मबाट वार्षिक १२ लाख आम्दानी अल्लु अर्जुनको ‘पुष्पा २’ ले रिलिजअघि नै कमायो १०८५ करोड पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण



अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ ।

बिहीवार बिहान बुटवल स्थित प्रदेश प्रमुखको कार्यालयमा तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण गर्नुभएको हो ।

बर्दियाका जन्मजय तिमिल्सीनाले सामाजिक विकास, पश्चिम नवलपरासीका देवकरण कलवारले वन तथा वातावरण र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानून मन्त्रीको शपथ लिनुभयो ।

नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली काँग्रेस र अग्रवाल अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टीका प्रदेश सभा सदस्य हुनुहुन्छ । लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्री सहित एमालेका पाँच, काँग्रेसका पाँच र जसपाका एक जना गरी ११ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।