८ कार्तिक २०८१, बिहीबार
,
Latest
अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान् रवि र छवि सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनलमा भारतसँग भिड्ने राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि कोप–२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने सिहंदरबार वैद्यखानाबाट ४० किसिमका औषधिको उत्पादनको हुँदैछः स्वास्थ्यमन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

को हुन् रोहित शर्मा र डेभिड मिलरको कीर्तिमान तोड्ने सिकन्दर रजा ?



अ+ अ-

एजेन्सी । जिम्बाब्वेले गाम्बियाविरुद्ध इतिहास रच्यो । गाम्बियाविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा जिम्बाब्वेले सर्वाधिक रनको कीर्तिमान बनाएको छ ।

जिम्बाब्वेले २० ओभरमा ३ सय ४४ रन बनाएको थियो । जिम्बाब्वेका कप्तान सिकन्दर रजाले ३३ बलमा शतक बनाएर रोहित शर्माको कीर्तिमान तोडेका छन् ।

यससँगै जिम्बाब्वेले गाम्बियालाई कीर्तिमानी २९० रनले पराजित गरेको छ । सिकन्दर रजाले कुनै पनि टेष्ट खेल्ने राष्ट्रका लागि टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक बनाए । सिकन्दर रजाले ४३ बलमा अविजित १३३ रन बनाए ।

उनले आफ्नो पारीमा ७ चौका र १५ छक्का प्रहार गरे । यसरी सिकन्दर रजाले रोहित शर्मा र डेभिड मिलरको कीर्तिमान तोडे । रोहित शर्मा र डेभिड मिलरले ३५ बलमा शतक बनाउने कीर्तिमान हासिल गरेका थिए ।

सिकन्दर रजाको कथा कुनै फिल्मको कथा भन्दा कम छैन । उनी पाकिस्तानमा जन्मेका थिए, तर स्कटल्याण्डमा सफ्टवेयर इन्जिनियरिङ पढेका थिए । यसअघि सिकन्दर रजाको प्रारम्भिक शिक्षा पाकिस्तान एयर फोर्स पब्लिक स्कूलमा भएको थियो ।

उनी पाइलट बन्न चाहन्थे, तर दृष्टि परीक्षण पास गर्न सकेनन् । सिकन्दर रजाको परिवार सन् २००२ मा जिम्बाब्वे सर्यो तर उनी अध्ययनका लागि स्कटल्याण्ड गए ।

स्कटल्याण्डको ग्लासगो क्यालेडोनियन विश्वविद्यालयबाट सफ्टवेयर इन्जिनियरिङमा डिग्री लिए । क्रिकेट पनि खेलिरहे । सिकन्दर रजा विश्वकप २०११ को सम्भावित टोलीमा छनोट भए पनि अन्तिम १५ खेलाडीमा स्थान पाउन सकेनन् ।

सिकन्दर रजाले २०१३ मा जिम्बाब्वेका लागि तीनवटै फर्म्याटमा डेब्यु गरेका थिए । हाल उनी जिम्बाब्वे टी–२० टोलीको कप्तान छन् । हालसम्म १७ टेस्ट म्याचबाहेक सिकन्दर रजाले १४२ ओडीआई र ९५ टी–२० खेलमा जिम्बावेको प्रतिनिधित्व गरिसकेका छन् । यसबाहेक उनी आईपीएलमा पञ्जाब किंग्सको हिस्सा पनि थिए । गत सिजन आईपीएलमा सिकन्दर रजाले २ खेलमा ४३ रन बनाएका थिए ।