२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२६ को विश्वकपमा ९ अफ्रिकी टोलीले विश्वकप खेल्ने



अ+ अ-

एजेन्सी । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले नौ अफ्रिकी टोलीले संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुने २०२६ विश्वकपमा प्रतिष्पर्धा गर्ने बताउनुभएको छ ।

इथियोपियाको राजधानी अदिस अबाबामा अफ्रिकी फुटबलको ४६ औँ महाधिवेशन शुरु भएकोमा इन्फान्टिनोले अफ्रिकाभरका नेता तथा सदस्य संघका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्याउने क्रममा उक्त टिप्पणी गर्नुभएको हो ।

विश्वकप २०२६ मा विश्व कपमा नौ वा दश अफ्रिकी देशहरू सहभागी हुनेछन् । इन्फान्टिनोले यो वृद्धि फिफाको विस्तारित विश्वकप ढाँचाअनुसार गर्न लागिएको बताउनु भयो । फिफाले फिफा महिला विश्वकपमा सहभागी अफ्रिकी टोलीको संख्या ६ पु¥याउने पनि विचार गरिरहेको बताउनु भयो ।

उहाँले मोरक्कोले २०३० मा फिफा विश्वकप आयोजना गर्ने तयारी गरेको र जसले देशलाई विश्वकप आयोजना गर्ने दोस्रो अफ्रिकी राष्ट्र बनाउने बताउनु भयो ।