८ कार्तिक २०८१, बिहीबार
,
Latest
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ: प्रधानमन्त्री नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह सलमान खानलाई धम्की दिएर ५ करोड माग्ने व्यक्ति पक्राउ उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी जनकपुर बोल्ट्सले भित्र्यायो न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई रास्वपाले भोलिदेखि काठमाडौँमा प्रदर्शन गर्ने वरदान बन्दै त्रिविको अनलाइन कक्षा सैनिक मुख्यालयमा यसरी मनाईयो संयुक्त राष्ट्रसंघ दिवस- फोटो फिचर टी–२० मा नेपालले बनाएको कीर्तिमान तोडियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो



अ+ अ-

पोखरा । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

रास्वपा र सहकारी पीडितको प्रदर्शनले असहज हुन सक्ने भएकाले कार्यालय खुलेसँगै उनीहरुलाई अदालतमा उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराउँदा पक्राउ परेकै दिनदेखि लागु हुने गरी अनुसन्धानका लागि ६ दिनको म्याद दिइएको थियो । उक्त म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा रविलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ ।