८ कार्तिक २०८१, बिहीबार
,
Latest
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ: प्रधानमन्त्री नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह सलमान खानलाई धम्की दिएर ५ करोड माग्ने व्यक्ति पक्राउ उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी जनकपुर बोल्ट्सले भित्र्यायो न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई रास्वपाले भोलिदेखि काठमाडौँमा प्रदर्शन गर्ने वरदान बन्दै त्रिविको अनलाइन कक्षा सैनिक मुख्यालयमा यसरी मनाईयो संयुक्त राष्ट्रसंघ दिवस- फोटो फिचर टी–२० मा नेपालले बनाएको कीर्तिमान तोडियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ महिनादेखि वडाध्यक्षविहीन वडा कार्यालयमा ताला



अ+ अ-

खोटाङ । अमेरिका जानुभएका साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौ महिनासम्म पनि कार्यालय नफर्केपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडाध्यक्ष कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो ।

गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र उपस्थित हुन अन्तिमेत्थम दिएको थियो । उहाँ नफर्केपछि बाध्य भएर तालाबन्दी गरिएको पूर्ववडाध्यक्ष भट्टराईले बताउनुभयो । यस सम्बन्धमा जिल्ला निर्वाचन आयोगको कार्यालय, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितिलाई जानकारी गराइएको उहाँले राससलाई बताउनुभयो ।

वडाध्यक्ष कटवाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित हुनुहुन्छ ।