९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटीबाट बुटवल उपमहानगरपालीकालाई दुई लाख थान मास्क प्रदान

ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटीबाट बुटवल उपमहानगरपालीकालाई  दुई लाख थान  मास्क प्रदान
अ अ+ अ-

बुटवल,  । ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालले बुटवल उपमहानगरपालिका लाई दुई लाख थान मेकिडल  माक्स हस्तान्तरण गरेको छ ।  चाईनिज मोनास्ट्री , किङ्ख वल्ड हेल्थ केयर र ज्याङ्कजी हेइङ फार्मासेटिकल कम्पन्नी लिमिटेडले ले सहयोग स्बरुप उपलब्ध गराएको माक्स बुटबल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीलाई हस्तान्तरण गरिएको  छ ।

सहयोगी संस्थाको तर्फबाट ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका सदस्य इन्जिनियर बिजेन्द्र सोमरेले बुधबार एक संक्षिप्त समारोहका बीच दुई लाख थान सर्जिकल माक्स हस्तातरण गर्नुभएको थियो । कोरोना महामारी विरुद्धको अभियानमा  सहयोग पुर्योउने उद्देश्यले स्वास्थ्थ  सामग्री हस्तान्तरण गरिएको ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष डा.राजिव कुमार झाले  जानकारी दिनुभयो ।

सहयोग स्वरुप प्राप्त सामग्री ग्रहण गर्दे बुटबल उपमहानगरापलिका का प्रमुख शिबराज सुबेदीले महामारी नियन्त्रणमा खटिनेहरुका लागि हौसला बढाउने गरि निजी क्षेत्र, सामाजिक संघ संस्था र दातृ निकायबाट सहयोग र सहकार्य भएको भन्दै सराहना व्यक्त गर्नुभयो । उहाले उहाँले फ्रन्टलाइनमा खटिएकाहरुलाई पहिलो प्राथमिकतामा राख्दै उपमहानगरपालिकाले जारी राखेको अभिभावकीय काममा विभिन्न क्षेत्रबाट सहयोग र सहकार्य भएको स्मरण गर्नुभयो ।

प्रमुख सुवेदीले बुटबल उपमहानगरापलिका र चीन सरकारसंगको भगिनी सम्बन्ध स्थापनाले आपसी सहयोग र सहकार्यले अझ उच्च प्राथमिकता पाएको भन्दै आगामी दिनमा पनि निरन्तरता जरुरी रहेको बताउनुभयो । सो अवसरमा बुटबल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रसासकिय अधिकृत चक्रपाणि शर्मा, उपमहानगरका वरिष्ठ अधिकृतहरुलगायतको उपस्थिति रहेको थियो ।

नेपाल र चिनका बीचमा मैत्रीपूर्ण सम्बन्ध कायम गराउन र आपसी सहयोग आदानप्रदानमा चीनमै बसेर लामो समयदेखि भूमिका खेल्दै आएका ट्रयान्स हिमालयन फ्रेन्ड्सीप सोसाइटी नेपालका संस्थापक अध्यक्ष  झाले आपसी सहयोगका निन्तर रहने जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिका र चीनको सियान सिटीका बीचमा गत वर्ष सिस्टर रिलेसनशिप (भगिनी सम्बन्ध( कायम भएको थियो । सियान चीनका राष्ट्रपति सी चिनफिङको गृहनगर पनि हो ।