८ कार्तिक २०८१, बिहीबार
,
Latest
क्षतिग्रस्त विपी राजमार्गः जाइकाको निर्णय कुर्दै डिभिजन सडक जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ: प्रधानमन्त्री नेपालमा लगानीका लागि विश्व समुदायलाई अध्यक्ष ढकालको आग्रह सलमान खानलाई धम्की दिएर ५ करोड माग्ने व्यक्ति पक्राउ उत्तर कोरियाले अक्टोबरमा तीन हजार सेना रूस पठाएको अमेरिकाको दाबी जनकपुर बोल्ट्सले भित्र्यायो न्युजिल्याण्डका अलराउण्डर जिम्मी निसमलाई रास्वपाले भोलिदेखि काठमाडौँमा प्रदर्शन गर्ने वरदान बन्दै त्रिविको अनलाइन कक्षा सैनिक मुख्यालयमा यसरी मनाईयो संयुक्त राष्ट्रसंघ दिवस- फोटो फिचर टी–२० मा नेपालले बनाएको कीर्तिमान तोडियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बैंकले रोजगारी सृजनामा सघाउने



अ+ अ-

वासिङ्टन, डिसी । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भागलिने सिलसिलामा यहाँ रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले बुधबार उक्त बैंकका दक्षिण एसिया मामिला हेर्ने उपाध्यक्ष मार्टिन रेजरसँग भेटवार्ता गर्नुभएको छ ।

वार्ता नेपालमा रोजगारी सृजना गर्ने विषयमा केन्द्रित रहेको यहाँस्थित नेपाली राजदूतावासले जनाएको छ । नेपालमा व्यावसायिक वातावरणको सुधार, मुख्य पूर्वाधार आयोजनाहरूको कार्यान्वयन तथा विप्रेषण आप्रवाहका माध्यमबाट पनि रोजगारी सृजना गर्ने बारेमा छलफल भएको थियो ।

यसैबीच, विश्व बैंकले नेपाललाई प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणका निम्ति सहयोग गर्ने भएको छ । सहायतासम्बन्धी सम्झौतामा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा अर्थ मन्त्रालयका सचिव रामप्रसाद घिमिरे र नेपालका लागि विश्व बैंकका प्रतिनिधि डेविड सिसलेनले हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार विश्व बैंकले १५ करोड डलर उपलब्ध गराउने छ। उपप्रधान तथा अर्थमन्त्री पौडेल र विश्व बैंक (दक्षिण एसिया मामिला) का उपाध्यक्ष मार्टिन रेजर उपस्थितिमा भएको हस्ताक्षर कार्यक्रममा नेपालको प्राकृतिक र जलवायु परिवर्तनका कारण आइपर्ने स्वास्थ्य जटिलताको लागि स्रोत परिचालन गरिने जनाइएको छ । रासस