२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, नियोजितरुपमा बयान लम्ब्याइएको भन्दै रास्वपाको असन्तुष्टि



अ+ अ-

काठमाडौं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडिया ग्रुपका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत लगिँदै छ ।

कास्की प्रहरीको हिरासतमा राखिएका लामिछानेको बयानसमेत नसकिएकाले म्याद थपका लागि आज कास्की जिल्ला अदालत लग्न लागिएको हो । रवि गत शुक्रबार काठमाडौंमा पक्राउ परेका थिए । लगत्तै उनलाई पोखरा लगिएको थियो । उनलाई अदालतको अनुमति लिएर ६ दिन हिरासतमा राखिएको थियो । अदालतबाट पाएको अनुमति हिजो सकिएकाले आज पुन: म्याद थपका लागि लैजान लागिएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयको रोहबरमा प्रहरीले रविसँग बयान लिने क्रम जारी छ । आज पनि उनीमाथि बयान हुने छ ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीले भने बयान लम्ब्याइएको भन्दै आपत्ति जनाएको छ । बयान लिन ढिलाइ गरेर हिरासतमा राख्ने अवधि लम्ब्याउने षड्यन्त्र भएको दाबी रास्वपाले लगाएको हो । यो कानुनी प्रक्रिया नभएर सत्यलाई दबाबउने प्रयास भएको उसको ठहर छ ।

रास्वपाले लामिछानेलाई थुनामा राख्नुपर्ने कानुनी आधार नै नभएको दाबी गरेको छ । भागी जाने, प्रमाण नष्ट गर्ने, वा कुनै हानीकारक कार्य गर्ने अवस्था भएमा मात्र हिरासत आवश्यक हुने भन्दै रास्वपाले देशको चौथो ठूलो राजनीतिक दलका सभापति र संघीय सांसद रहेका रवि लामिछानेमा यस्ता कुनै पनि अवस्था लागू नहुने जिकिर गरेको छ । उनलाई थुनामा राख्नु राजनीतिक प्रतिशोध बाहेक अरू केही नभएको उसको निष्कर्ष छ ।