२४ जेष्ठ २०८३, आईतवार
,
Latest
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

बयान लम्ब्याउने खोजेको भन्दै रविको असन्तुष्टि, नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान



अ+ अ-

काठमाडौं । सहकारी प्रकरणमा कास्की प्रहरीको हिराससतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारी वकिल कार्यालयले अनाबश्यक रुपमा बयान लम्बाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

साढे दुई बजेबाट सुरु भएको बयानमा अनावश्यकलम्ब्याइएको भन्दै रवि असन्तुष्ट हुनु भएको छ । प्रहरी हिरासतको अवधि लम्ब्याउने र अदालतमा छिटो पेश नगर्ने नियतले बयानमा ढिलासुस्ती गरेको भन्दै लामिछानेले बयान नसकेसम्म बसेको कुर्सी नछोड्ने अडान लिनु भएको छ ।

कास्की जिल्ला प्रहरी कार्यालय स्रोतकाअनुसार उनलाई बयानका लागि भन्दै ३ बजे बयान कक्षमा बोलाईएको थियो । स्रोतकाअनुसार लामिछानेलाई आज जम्मा ३ वटा प्रश्न गरेर आजका लागि बयान सकिएको भन्दै भोलि पुन: बयान हुने भनिएपछि रविले आफू बयानका लागि तयार रहेको र प्रश्न बाँकी भए सबै प्रश्न गर्न अनुसन्धानकर्ताहरूलाई आग्रह गर्नुभएको थियो ।

रविले बयान कक्षको कुर्सीबाट उठ्न नमाने पछि अहिले अनुसन्धान अधिकृतहरू अलमलमा परेका छन् ।

रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले भन्नुभयो  “सरकार बयान लम्वाउने र नियतबस दु:ख दिने चालमा लागेको छ । बयान बाकि छ भने निरन्तर गर्नुपर्छ , यसबाट पनि यो घटना राजनीतिक प्रतिशोध हो भन्ने पुष्छि हुन्छ ।”

गत शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की पुर्‍याइएका लामिछानेलाई आइतबार अदालतमा पेश गरिएको थियो ।

जिल्ला अदालत कास्कीले उनीमाथि हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार देखि नै लागू हुनेगरि ६ दिन म्याद थपेको थियो । जसअनुसार बिहीबार अदालतको म्याद सकिदैछ ।