३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बयान लम्ब्याउने खोजेको भन्दै रविको असन्तुष्टि, नसकिएसम्म कुर्सीबाट नउठ्ने अडान



अ+ अ-

काठमाडौं । सहकारी प्रकरणमा कास्की प्रहरीको हिराससतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारी वकिल कार्यालयले अनाबश्यक रुपमा बयान लम्बाएको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।

साढे दुई बजेबाट सुरु भएको बयानमा अनावश्यकलम्ब्याइएको भन्दै रवि असन्तुष्ट हुनु भएको छ । प्रहरी हिरासतको अवधि लम्ब्याउने र अदालतमा छिटो पेश नगर्ने नियतले बयानमा ढिलासुस्ती गरेको भन्दै लामिछानेले बयान नसकेसम्म बसेको कुर्सी नछोड्ने अडान लिनु भएको छ ।

कास्की जिल्ला प्रहरी कार्यालय स्रोतकाअनुसार उनलाई बयानका लागि भन्दै ३ बजे बयान कक्षमा बोलाईएको थियो । स्रोतकाअनुसार लामिछानेलाई आज जम्मा ३ वटा प्रश्न गरेर आजका लागि बयान सकिएको भन्दै भोलि पुन: बयान हुने भनिएपछि रविले आफू बयानका लागि तयार रहेको र प्रश्न बाँकी भए सबै प्रश्न गर्न अनुसन्धानकर्ताहरूलाई आग्रह गर्नुभएको थियो ।

रविले बयान कक्षको कुर्सीबाट उठ्न नमाने पछि अहिले अनुसन्धान अधिकृतहरू अलमलमा परेका छन् ।

रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले भन्नुभयो  “सरकार बयान लम्वाउने र नियतबस दु:ख दिने चालमा लागेको छ । बयान बाकि छ भने निरन्तर गर्नुपर्छ , यसबाट पनि यो घटना राजनीतिक प्रतिशोध हो भन्ने पुष्छि हुन्छ ।”

गत शुक्रबार काठमाडौँबाट पक्राउ गरेर कास्की पुर्‍याइएका लामिछानेलाई आइतबार अदालतमा पेश गरिएको थियो ।

जिल्ला अदालत कास्कीले उनीमाथि हिरासतमा राखेर अनुसन्धान गर्न शुक्रबार देखि नै लागू हुनेगरि ६ दिन म्याद थपेको थियो । जसअनुसार बिहीबार अदालतको म्याद सकिदैछ ।