३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कर्णाली घोषणापत्रलाई आगामी कोप २९ मा महत्वका साथ उठाइनेछ: वन मन्त्री शाही

कर्णाली घोषणापत्रलाई आगामी कोप २९ मा महत्वका साथ उठाइनेछ: वन मन्त्री शाही
अ+ अ-

काठमाडौ  । वन तथा वाताबरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आगामी कोप २९ सम्मेलनमा जलवायु न्याय सम्बन्धी कर्णाली घोषणापत्रलाई महत्चपूर्ण रुपमा उठाउने बताउनुभएको छ ।

जलवायु परिवर्तनबाट पीडित नेपाललाई न्यायका लागि अन्तराष्ट्रिय सम्मेलन कोप २९ मा नेपालको सहभागीता महत्वपूर्ण हुने शाहीको धारणा थियो ।
बुधबार चन्द्रागिरीमा जलवायु परिर्वतन ब्याबस्थापन महाशाखाद्धारा आयोजित कोप सम्मेलनमा सहभागीलाई कसरी प्रस्तुत गराउने भन्ने बिषयको तालिममा मन्त्री शाहीले जलवायु परिर्वतनको सम्मेलन एक महत्वपूर्ण मञ्च हुने भन्दै नेपालले पर्याप्त तयारीका साथ प्रस्तुत हुने बताउनुभयो ।

जहा विश् कोप सम्मेलनमा नेपालको सहभागीता महत्वपूर्ण हुने र जहा विश्वका देशहरु ज्लवायु संकटका समस्याहरुलाई समाधान गर्न केन्द्रीत हुने छन ।
मन्त्री शाहीका अनुसार यस पटकको कोप सम्मेलनमा बिशेष छलफल हुने जलवायु बित्तको बिषयमा हाम्रा लागि बिशेष महत्व रहने छ । बित्तिय सहयोग बिना बिकसिल देशहरुलाई जलवायु संकट संग लडन सहज हुने छैन ।

कोप २९ लाई नै लक्षित गरि कार्तिक ३ र ४ गते मन्त्रालय र साथसाथै नामक संस्थाको संयुक्त आयोजनामा मुगुको रारामा कोपको पूर्व तयारी जलवायु परिर्वतन कार्यशाला भएको थियो । विभिन्न जलवायु विद्, कर्णालीका सबै जिल्लाका जनप्रतिनिधिसहित भएको कार्यशालाले ५ बुँदे कर्णाली घोषणापत्र समेत जारी गरेको थियो ।मन्त्री शाहीले त्यसका निष्कर्ष र सुझाव आगामी विश्व जलवायु सम्मेनल कोप २९का लागि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।

हामीले तापक्रम बृद्धिलाई १.५ डिग्रीमा सिमित गर्ने प्रयासमा पनि ध्यान दिनुपर्छ, मन्त्रीले शाहीले भन्नुभयो, लक्ष्यलाई हासिल गर्न विश्वले स्वच्छ तथा दिगो उर्जा श्रोत अबलम्बन र कार्वन उत्सर्जनमा कमी ल्याउने कार्यलाई प्राथमिकता दिनु आवश्यक छ ।

कोष २९ मा नेपालका लागि धेरै बिषयहरुमा छलफल र निर्णय हुनेछन । जलवायु संकट जंग जुद्धन शसक्त आवाज उठाइने मन्त्रीको भनाई छ । कर्णालीको कार्यक्रममा सहभागी जनप्रतिनिधि स्थानीयले जलवायु परिर्वतनको असरले अन्नबाली उब्जनी ह्रास पानीका मुहान सुक्दै गएको हिउ कम पर्न थालेको जस्ता बिषय उठान गरेको मन्त्री शाहीले जानकारी गराउनु भयो ।

सोही कार्यक्रममा राज्यमन्त्री रुपा बिकले कोप सम्मेलनमा नेपालले महत्वपूर्ण मुद्दा उठाउनु आबश्यक देखिएको बताउनुभयो । जलवायु परिर्वतनको असरले नेपालले समाना गरिरहेको उहाको भनाई छ । बिकसित देशहरुले बित्तिय र प्रबिधि सहयोग गरेर बिकासशील देशहरुको जलवायु मैत्री योजनाहरु कार्यन्वयन गर्नमा मदत्त पर्नु पदर्छ राज्यमन्त्रीको भनाई रहेको छ ।

चन्द्रागिरीमा आयोजित सो तालिममा कार्यक्रममा मन्त्रालयका सचिव दिपक खराल, विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहभागी छन् । उक्त तालिम तीन दिन सम्म संचालन हुने जलवायु परिर्वतन ब्याबस्थापन महाशाखाले जनाएको छ ।