९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

नयॉ अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित निश्चित

नयॉ अमेरिकी राष्ट्रपतिमा बाइडेनको जित निश्चित
अ अ+ अ-

गणेश थापा
 

क्यालिफोर्निया अमेरिका । संयुक्त राज्य अमेरिकाको नयॉ राष्ट्रपतिमा जो बाइडेनको जित सुनिश्चित भएको छ । ब्याटलग्राउण्ड मानिएको राज्य मिसिगनमा बाइडेनले जित हासिल गरेसँगै अमेरिकाको ४६औं राष्ट्रपतिमा बाइडेनको नाम अब निश्चित प्रायः छ । १६ इलेक्टोरल मत रहेको सो राज्यमा केहीवेर अगाडि सम्पन्न मतगणनाको अन्तिम नतीजा बाइडेनको पक्षमा आएको छ । योसँगै उनले कूल २६४ इलेक्टोरल मत प्राप्त गर्दा विपक्ष उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले २१४ इलेक्टोरल मत हासिल गरेका छन् । अमेरिकामा राष्ट्रपति चयनका लागि मंगलवार आमनिर्वाचन सम्पन्न भएको थियो । चुनावी मैदानमा उत्रेका दुई उम्मेदवार वर्तमान राष्ट्रपति ट्रम्प र पूर्व उपराष्ट्रपति बाइडेन बीच भएको निकै कडा प्रतिस्पर्धामा बाइनेडले बाजी मार्ने पक्कापक्की भएको छ । अमेरिकामा इलेक्टरल कलेज प्रणाली (निर्वाचक मण्डल) को माध्यमबाट नयॉ राष्ट्रपति निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ । 

कूल ५३८ मत रहेको इलेक्टरल कलेजबाट चुनाव जित्नका लागि उम्मेदवारलाई कम्तीमा पनि २७० मतको आवश्यकता पर्दछ ।  राष्ट्रपतिमा जित हासिल गर्नका लागि अब बाइडेनलाई ६ इलेक्टोरल मतको खॉचो छ । डेमोक्रेटिक पार्टीको पकडक्षेत्र मानिएको राज्य नेभादामा बाइडेनको जित निश्चित भएको बताइएको छ । उक्त नेभादा राज्यको कूल ६ इलेक्टोरल मतसहित उनलाई चुनाव जित्न आवश्यक २७० इलेक्टोरल मत सहज रूपमा प्राप्त हुने हुँदा बाइडेनको जित निश्चित भएको डेमोक्रेटिक नेताहरूले उल्लेख गरेका छन् । 

नोवेल कोरोना भाइरसको महामारीकै बीच सम्पन्न भएको यस राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न स्वतन्त्र संघसंस्था तथा मिडिया हाउसहरूले आ(आफ्नै तौलतरिका र पक्षबाट सार्वजनिक गरेको मत सर्वेक्षणमा दुवै उम्मेदवार बीच ९ देखि १२ अंकसम्मको भिन्नता देखाइएकोमा अहिले जारी मतपरिणामा भने यो लोकप्रिय मतको दुरी दुवैबीच करीव २ अंकको वरपर सीमित छ । यसैबीच २००८  मा राष्ट्रपतीय निर्वाचनमा बाराक ओबामाले  प्राप्त गरेको सर्वाधिक धेरै लोकप्रिय मतको रेकर्डलाई बाइडेनले तोडेका छन् । पछिल्लो विवरण अनुसार बाइडेनको लोकप्रिय मतको संख्या ७ करोड कटेको छ भने त्यसवेला ओबामाले हासिल गरेको लोकप्रिय मत सात करोड पार भएको थिएन । अब बाइडेनलाई नेभादाको ६ मत प्राप्त हुँदा मत गन्न बॉकी राज्यहरू पेन्सिलभेनिया, नर्थ क्यारोलिना, जर्जिया र अलस्काको सवै मत ट्रम्पको पक्षमा गएपनि यो चुनाव जित्नलाई पर्याप्त हुने छैन । पछिल्लो समय मत गणना भएका यी कडा प्रतिस्पर्धात्मक राज्यहरूको मतगणनालाई रोक्न माग गर्दै ट्रम्पले अदालतमा मुद्दा दायर गरेपनि नतिजामा भने फरक नपर्ने बताइएको छ । 

यता प्राप्त ताजा रिपोर्टबमोजिम बाइडेनको अवस्था ५० प्रतिशत माथि पुग्दा रिपब्लिकन उम्मेदवार ट्रम्पको ४८ प्रतिशत रहेको छ । ब्याटलग्राउण्डका रूपमा हेरिएको टेक्सस र फ्लोरिडामा राष्ट्रपति डोनाल्ड ट्रम्पले जितेका छन् । यद्यपि निर्वाचनको अन्तिम परिणाम आउन केही दिनलाग्न सक्ने बताइएको छ । कोरिडोर-१९ का कारण उत्पन्न प्रतिकूल अवस्थालाई ध्यानमा राख्दै निर्वाचन बोर्डले चुनावको दिनभन्दा अगाडि  नै भोट हाल्ने व्यवस्था (अर्ली भोटिगं) गरेअनुसार झण्डै १० करोड मानिसले हुलाकको माध्यम तथा स्वयं उपस्थित भई चुनाव दिनभन्दा पहिले नै मतदान गरिसकेका थिए । अमेरिकामा यसपटक १५ करोड हाराहारीमा मतदान भएको बताइएको छ । करीव ३३ करोड जनसंख्या रहेको अमेरिकामा मताधिकार प्राप्त १८ वर्ष माथिका नागरिकको संख्या २४ करोड बढी रहेको विभिन्न रिपोर्टहरूमा उल्लेख गरिएको छ । यसपटकको राष्ट्रपतीय निर्वाचनमा झण्डै ५० हजार नेपालीले समेत मतदान गरेको अनुमान गरिएको छ ।

संसारलाई प्रभाव पार्नसक्ने सर्वशक्तिमान राष्ट्र अमेरिकाको यस निर्वाचनलाई राष्ट्रीय तथा अन्तर्राष्ट्रीय क्षेत्रमा सर्वाधिक चासो र महत्वका साथ हेरिएको छ । आगामी ४ वर्षे कार्यकालका लागि ह्वाइटहाउस प्रवेशको अनुमति कस्लाई प्राप्त हुने हो त्यो भने आधिकारिक रूपमा घोषणा गर्न बॉकी नै छ । यस निर्वाचनलाई ७४ वर्षिय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकाल दोहोरियाएर जनतामाझ सकारात्मक छाप छाड्दै राजनेताको छवि निर्माण गर्ने दिशामा उपयोग गरेको देखिन्छ भने आफ्ना प्रतिद्वंद्वीभन्दा झण्डै ३ वर्ष पाका उम्मेदवार जो बाइडेन सक्रिय राजनीतिमा सामेल भएको करीव ४० वसन्तपछि राष्ट्रको सर्वोच्च कार्यकारी पदको ४६औं नम्वरमा आफ्नो नाम दर्ता गरी जीवनको उत्तरार्द्धलाई अविस्मरणीय बनाउन लागिपरेका छन् ।