२३ कार्तिक २०८१, शुक्रबार
,
Latest
सहकारी रकम अपचलन प्रकरणः कांग्रेस उपसभापति गुरुङकी पूर्वपत्नी विरुद्ध रेड नोटिस जारी बेसहाराका लागि ‘सहारा घर’ ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ मा विल्सको चयनसँगै ट्रम्पको पहिलो नियुक्ति ‘अञ्जिला’को वर्ल्ड प्रिमियर हङकङमा हुने, आधिकारिक पोस्टर सार्वजनिक निर्माणाधीन सबस्टेसन सम्पन्न भएपछि लमजुङ र मनाङमा विद्युत् आपूर्ति सहज हुने पाथीभरामा केबलकार शिलान्यास विवादमा तीन घाइते अमेरिकामा मनाइयो छठ निष्ठाका साथ न्याय सम्पादनको काम गर्नेछुः प्रश्तावित न्यायाधीश निरौला न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने कार्यमा लाग्नेछुः सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीश पाण्डे कारागारबाट दुई पटक भागेका प्रतिवादी छठ मनाउने क्रममा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युक्रेनमा ‘लडाइँ नबढाउन’ चीनको जोड



अ+ अ-

एजेन्सी । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गरे । सम्मेलनमा रुसी समकक्षी भ्लादिमिर पुटिन पनि उपस्थित हुनुहुन्थ्यो ।

करिब विश्वका २० नेता मध्य शहर कजानमा भेला भएका छन् । ब्रिक्स सम्मेलन पुटिनले २०२२ मा युक्रेनमा सेना पठाएदेखि रुसमा भएको सबैभन्दा ठूलो कूटनीतिक मञ्च हो ।

बेइजिङले द्वन्द्वमा तटस्थ पक्ष भएको दाबी गर्दै आएको भए पनि तर पश्चिमी शक्तिहरूले मस्कोलाई कूटनीतिक र आर्थिक समर्थन प्रदान गरेको भन्दै कडा आलोचना गरेका छन् । मस्को चीनको लामो समयदेखिको सहयोगी रहीआएको छ ।

“युक्रेन सङ्कट लम्बिँदै गएको छ स्थिति जति सक्दो चाँडो शान्त होस् भनेर हामीले तीन सिद्धान्तहरूको पालना गर्नुपर्छ – ‘युद्धक्षेत्रबाट फैलिन नदिने, लडाइँ नबढ्ने र सम्बन्धित पक्षहरूले आगोमा घिउ नथप्ने’”, सीले बुधबार भन्नुभयो ।

यसैबीच, चीन परम्परागत रूपमा प्यालेस्टिनी पक्षप्रति सहानुभूतिशील रहेको भन्दै राष्ट्रपति सीले गाजामा सकेसम्म चाँडो ‘युद्धविराम’ का लागि बेइजिङको धारणा दोहोर्याउनुभयो ।

“सम्बन्धित पक्षहरूबीचको सङ्घर्ष थप बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “हामीले हत्या रोक्नुपर्छ र प्यालेस्टिनी मुद्दाको व्यापक, न्यायोचित र दीर्घकालीन समाधानका लागि अथक प्रयास गर्नुपर्छ ।”