२९ चैत्र २०८१, शुक्रबार
April 11, 2025 Friday
Latest
विद्युतीय दुर्घटनाबाट मृत्यु हुनेका परिवारलाई १० लाखसम्म राहत दिइने गोली लागेर एक सैनिकको मृत्यु विसु पर्व मनाउन घर फर्कदै नेपाली खेलकुद राष्ट्रको पहिचान र गौरवको आधारशिला हो मादी नदीमा डुबेर बालकको मृत्यु शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह केन्द्रीय समितिको बैठकबारे रास्वपाका कार्यवाहक सभापति अर्यालले कारागारमै पुगेर गरे सभापति रविसँग छलफल डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न उद्योगीसँग छलफल सभामुख घिमिरेद्वारा दिगवङ्त सांसद बोहोराप्रति श्रद्धान्जली व्यक्त नेपाली साहित्यको विकासमा मस्र्याङ्दी प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँः प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरोजस्ता मनसुनजन्य विपद्बाट भएका क्षतिजस्ता चुनौतीपूर्ण परिस्थितिलाई सरकारले कुशलतापूर्वक सम्हालेको बताउनुभएको भएको छ ।

वर्तमान सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्दै उहाँले सडक, पुलजस्ता भौतिक पूर्वाधारमा पुगेको क्षतिका कारण सवारी साधन आवतजावतमा समस्या भए पनि सरकारको प्रयासमा समस्या समाधान भएको बताउनुभयो ।

“ठाउँ ठाउँमा सडक भत्किएका थिए, सडक पहिरोले पुरिएका थिए र पुलहरू बाढीले बगाएका थिए, विपद्पछि नेपालीहरूको महान् पर्व बडादसैँ आयो,” प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजधानी आउने÷जाने सबै बाटा बन्द थिए । प्राकृतिक प्रकोपका कारण चारैतिर एक किसिमको अत्यासलाग्दो अवस्था सिर्जना भएको थियो, जसले जनतामा त्रास छाएको थियो । पहिले त नागरिक डराएका थिए । सडक नबन्दा वा जोखिमका कारण कतै घर फर्कन नपाउने हो कि भन्ने उनीहरुमा डर थियो ।”

सरकारले ती चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्दै परिणामस्वरूप, राजधानी आउने सडकहरु चालु अवस्थामा पुर्याएको प्रधानमन्त्री ओलीको भनाइ थियो । “अब बन्दै बन्दैन भनिएको बिपी राजमार्गमा तत्काल सवारी साधन चल्न सुरु गरे,” उहाँले भन्नुभयो, “यस वषर्को दसैँमा पनि काठमाडौँ छोडेर घर फर्कनेको सङ्ख्या अघिल्लो वर्ष जस्तै करिब आठ लाख १४ हजार पुग्यो । दसैँमा एक लाख ११ हजार सवारी साधन काठमाडौँ उपत्यकाबाट बाहिरिए ।”