१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफलः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउन वर्तमान सरकार सफल भएको बताउनुभएको छ ।

सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत भई प्रमाणीकरणसमेत भएको बताउनुभयो ।

“शान्ति प्रक्रियालाई पूर्णता दिन आयोग गठनका लागि सिफारिस समिति बनेको छ, त्यसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “लामो समयदेखि द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो सुखद सन्देश हो ।”

प्रधानमन्त्री ओलीले यस अवधिमा विभिन्न मन्त्रालयसँग सम्बन्धित चार दर्जनभन्दा बढी ऐन, नियम, र कार्यविधिमा सहमति भएको बताउनुभयो ।