७ कार्तिक २०८१, बुधबार
,
Latest
‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँः प्रधानमन्त्री सरकारको सय दिनः दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता सरकारले कोप—२९ मा जलवायु वित्तलाई प्राथमिकतामा राख्ने रास्वपाले विधिको शासनको अवमूल्यन गर्‍यो – कांग्रेस ढिलासुस्ती र प्रशासनिक झन्झट अन्त्य गर्न नयाँ थालनीः प्रधानमन्त्री ओली शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफलः प्रधानमन्त्री ओली चक्रवात दानाको सामनाको लागि पुर्व तयारीमा भारत सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे प्रधानमन्त्रीबाट सम्बोधन – पूर्णपाठ जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई मीनबहादुरको जग्गादानबारे सर्वोच्चमा मुद्दा दर्ता हुने



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतमा व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा रिट दर्ता हुने भएको छ ।

अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरिदिएका थिए ।

तर दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालत प्रशासनले एमाले पार्टी कार्यालय दान लिनेदिने विषयमा रिट निवेदकको सार्थक सम्बन्ध नरहेको भन्दै दरपीठ आदेश दिएको थियो ।

तर, न्यायाधीश श्रेष्ठको इजलासले निवेदकले रिट दिन पाउने वा नपाउने विषय इजलासबाटै टुंगो लाग्ने भन्दै दर्ता गर्न आदेश दिएको हो ।