२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट दायर गर्न अस्वीकार गरेको छ ।

व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई पार्टी कार्यालयका लागि दिएको जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट दायर गर्न सर्वोच्चले अस्वीकार गरेको हो ।

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गर्न खोजेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको र अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत रिट दर्ता गर्न नमिलेको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न लगिएको रिट कात्तिक ५ गते दरपीठ हुने आदेश गरेका थिए ।

तर दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च प्रशासनले गरेको निर्णय बदर हुने आदेश गरेका हुन् ।