१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने? कृष्ण जन्माष्टमीको पूर्वसन्ध्यामा पाटनमा देखिएको मनमोहक साँझ कामपाले थाल्यो विपद् प्रभावित नागरिक लक्षित ‘मनोसामाजिक परामर्श’
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई जग्गा र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट दायर गर्न अस्वीकार गरेको छ ।

व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई पार्टी कार्यालयका लागि दिएको जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै लगिएको रिट दायर गर्न सर्वोच्चले अस्वीकार गरेको हो ।

अधिवक्ता डा. ज्ञानबहादुर बस्नेतसमेतले दायर गर्न खोजेको रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको र अदालतको असाधारण क्षेत्राधिकारअन्तर्गत रिट दर्ता गर्न नमिलेको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्चका रजिष्ट्रार भद्रकाली पोखरेलले दर्ता गर्न लगिएको रिट कात्तिक ५ गते दरपीठ हुने आदेश गरेका थिए ।

तर दरपीठविरुद्ध परेको निवेदनमा न्यायाधीश तिलप्रसाद श्रेष्ठले सर्वोच्च प्रशासनले गरेको निर्णय बदर हुने आदेश गरेका हुन् ।