३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

डन छोटा राजनलाई मुम्बई उच्च अदालतबाट ठूलो राहत, आजीवन कारावास रोकिएपछि जमानत पाए

डन छोटा राजनलाई मुम्बई उच्च अदालतबाट ठूलो राहत, आजीवन कारावास रोकिएपछि जमानत पाए
अ+ अ-

एजेन्सी । सन् २००१ को जया शेट्टी हत्या प्रकरणमा मुम्बई उच्च अदालतले ग्याङ्स्टर छोटा राजनलाई जमानत दिएको छ ।

उनलाई यो वर्षको सुरुमा दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाइएको थियो । तर, अहिले अदालतले उक्त सजायलाई स्थगित गरेको छ ।

न्यायाधीश रेवती मोहिते डेरे र न्यायाधीश पृथ्वीराज चव्हाणको इजलासले उनलाई १ लाख रुपैयाँ धरौटीमा धरौटीमा रिहा गरेको हो ।

अदालतले बुधबार राजनलाई जन्मकैदको सजाय खारेज गर्दै उक्त मुद्दामा जमानत दिएको थियो । यद्यपि, राजन अर्को आपराधिक मुद्दामा जेलमै रहनेछन् ।

जया शेट्टी सेन्ट्रल मुम्बईको गमदेवीमा रहेको गोल्डेन क्राउन होटलकी मालिक थिइन् । मुम्बईको मकोका अदालतका विशेष न्यायाधीश एमएम पाटिलले राजनलाई दोषी ठहर गरेका थिए ।

छोटा राजन गिरोहबाट फिरौतीको धम्कीको सामना गरिरहेकी जया शेट्टीलाई उक्त गिरोहका दुई कथित सदस्यले मे ४, २००१ मा होटलको पहिलो तल्लामा गोली हानेका थिए ।

छोटा राजन गिरोहबाट फिरौतीको धम्की आएको सूचना पाएपछि होटल व्यवसायीलाई प्रहरी सुरक्षा दिइएको थियो । तर आक्रमण हुनुभन्दा दुई महिनाअघि शेट्टीको अनुरोधमा उनको सुरक्षा फिर्ता लिइएको थियो ।

छोटा राजनको नाम राजेन्द्र सदाशिव निकालजे रहेको छ । उनको जन्म १३ जनवरी १९६० मा भएको थियो ।

२३ वर्षपछि आयो फैसला
२००१ मा, जया शेट्टीले फिरौती तिर्न अस्वीकार गरेपछि ग्रान्ट रोडको गोल्डेन क्राउन होटलमा राजनका गुर्गेहरूले गोली हानी हत्या गरे । राजन गिरोहले रवि पुजारीमार्फत जया सेट्टीसँग ५० करोड रुपैयाँ फिरौती मागेको थियो ।

मुद्दाका अन्य अभियुक्त अजय मोहिते, प्रमोद धोन्डे र राहुल पावसरेलाई २०१३ मा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाइएको थियो । यसैबीच, हालै छोटा राजनलाई दोषी घोषित गरिएको थियो ।

उनलाई इन्डोनेसियामा पक्राउ गरी अक्टोबर २०१५ मा भारत ल्याइएको थियो । त्यसयता उनी नयाँ दिल्लीको तिहाड जेल नम्बर दुईमा थुनिएका थिए । यो सेल उच्च सुरक्षा छ । कुनै समय दाउद इब्राहिमको नजिक रहेका छोटा राजन सन् १९९३ को मुम्बई शृंखलाबद्ध विस्फोटपछि दाउद गिरोहबाट अलग भएका थिए ।