७ कार्तिक २०८१, बुधबार
,
Latest
‘डिजिटल कनेक्टिभिटी’मा नयाँ युगको सुरुआत भएको छः प्रधानमन्त्री ओली विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँः प्रधानमन्त्री सरकारको सय दिनः दुई सय उद्योगमा ३४ अर्ब लगानीको प्रतिबद्धता सरकारले कोप—२९ मा जलवायु वित्तलाई प्राथमिकतामा राख्ने रास्वपाले विधिको शासनको अवमूल्यन गर्‍यो – कांग्रेस ढिलासुस्ती र प्रशासनिक झन्झट अन्त्य गर्न नयाँ थालनीः प्रधानमन्त्री ओली शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन सरकार सफलः प्रधानमन्त्री ओली चक्रवात दानाको सामनाको लागि पुर्व तयारीमा भारत सरकारले सम्पादन गरेका प्रमुख कार्यको उपलब्धिबारे प्रधानमन्त्रीबाट सम्बोधन – पूर्णपाठ जनकपुरमा बढ्यो माटोका भाँडाको माग, पुर्ख्यौली पेशा विस्थापित हुने डर
तपाईं के खोज्दै हुनुहुन्छ ?

डन छोटा राजनलाई मुम्बई उच्च अदालतबाट ठूलो राहत, आजीवन कारावास रोकिएपछि जमानत पाए



अ+ अ-

एजेन्सी । सन् २००१ को जया शेट्टी हत्या प्रकरणमा मुम्बई उच्च अदालतले ग्याङ्स्टर छोटा राजनलाई जमानत दिएको छ ।

उनलाई यो वर्षको सुरुमा दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाइएको थियो । तर, अहिले अदालतले उक्त सजायलाई स्थगित गरेको छ ।

न्यायाधीश रेवती मोहिते डेरे र न्यायाधीश पृथ्वीराज चव्हाणको इजलासले उनलाई १ लाख रुपैयाँ धरौटीमा धरौटीमा रिहा गरेको हो ।

अदालतले बुधबार राजनलाई जन्मकैदको सजाय खारेज गर्दै उक्त मुद्दामा जमानत दिएको थियो । यद्यपि, राजन अर्को आपराधिक मुद्दामा जेलमै रहनेछन् ।

जया शेट्टी सेन्ट्रल मुम्बईको गमदेवीमा रहेको गोल्डेन क्राउन होटलकी मालिक थिइन् । मुम्बईको मकोका अदालतका विशेष न्यायाधीश एमएम पाटिलले राजनलाई दोषी ठहर गरेका थिए ।

छोटा राजन गिरोहबाट फिरौतीको धम्कीको सामना गरिरहेकी जया शेट्टीलाई उक्त गिरोहका दुई कथित सदस्यले मे ४, २००१ मा होटलको पहिलो तल्लामा गोली हानेका थिए ।

छोटा राजन गिरोहबाट फिरौतीको धम्की आएको सूचना पाएपछि होटल व्यवसायीलाई प्रहरी सुरक्षा दिइएको थियो । तर आक्रमण हुनुभन्दा दुई महिनाअघि शेट्टीको अनुरोधमा उनको सुरक्षा फिर्ता लिइएको थियो ।

छोटा राजनको नाम राजेन्द्र सदाशिव निकालजे रहेको छ । उनको जन्म १३ जनवरी १९६० मा भएको थियो ।

२३ वर्षपछि आयो फैसला
२००१ मा, जया शेट्टीले फिरौती तिर्न अस्वीकार गरेपछि ग्रान्ट रोडको गोल्डेन क्राउन होटलमा राजनका गुर्गेहरूले गोली हानी हत्या गरे । राजन गिरोहले रवि पुजारीमार्फत जया सेट्टीसँग ५० करोड रुपैयाँ फिरौती मागेको थियो ।

मुद्दाका अन्य अभियुक्त अजय मोहिते, प्रमोद धोन्डे र राहुल पावसरेलाई २०१३ मा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाइएको थियो । यसैबीच, हालै छोटा राजनलाई दोषी घोषित गरिएको थियो ।

उनलाई इन्डोनेसियामा पक्राउ गरी अक्टोबर २०१५ मा भारत ल्याइएको थियो । त्यसयता उनी नयाँ दिल्लीको तिहाड जेल नम्बर दुईमा थुनिएका थिए । यो सेल उच्च सुरक्षा छ । कुनै समय दाउद इब्राहिमको नजिक रहेका छोटा राजन सन् १९९३ को मुम्बई शृंखलाबद्ध विस्फोटपछि दाउद गिरोहबाट अलग भएका थिए ।