२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक



अ+ अ-

काठमाडौं। नयाँ म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक भएको छ। यो गीतको शब्द तथा भिडियोमा गाउँकी छोरीको जीवनशैली र परम्परागत पहिरनलाई प्रस्तुत गरिएको छ। यस गीतमा स्वर गायिका रिज्योना कार्कीले दिएकी छिन् भने शब्द शङ्कर अधिकारी घायलले लेखेका हुन्। सङ्गीत लक्ष्मण पोखरेलको रहेको छ भने सङ्गीत संयोजन अशोक थापाले गरेका छन्।

हाइटेक इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक भएको म्युजिक भिडियोमा अञ्जना तामाङको अभिनय देख्न सकिन्छ। सोसल मिडियामा सक्रिय अञ्जनाले टिकटक र रिल्समा राम्रो पहुँच राख्दै मोडलिङसँगै तरकारी व्यवसाय पनि सञ्चालन गर्छिन्। भिडियो निर्देशन र कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। छायाङ्कन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन तथा रङ्ग संयोजन मनोज कार्कीको रहेको छ।

यस गीतले गाउँले जीवनको सरलता र प्रेमलाई विशेष रूपमा चित्रण गरेको छ। आमाको जस्तो बुलाकी र पान बुट्टे सारी जस्ता सांस्कृतिक पहिरनको आकाङ्क्षा गीतमा व्यक्त गरिएको छ। म्युजिक भिडियो हाइटेक इन्टरटेन्मेन्ट र चोकस म्युजिकको सहकार्यमा निर्माण गरिएको हो। यसअघि हाइटेकले मिलन नेवार र जोहेब मानन्धरको स्वर रहेको कर्मा शाक्य र रुबिना थापाको जीवन्त अभिनय रहेको म्युजिक भिडियो ‘एक दिन’ सार्वजनिक गरेको थियो, जुन चर्चित छ।