७ कार्तिक २०८१, बुधबार
,
Latest
भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने व्यावसायिक एवम् निष्ठावान हुन प्रहरी महानिरिक्षकको मातहतका निकायलाई निर्देशन जापानमा माइकोप्लाज्मा निमोनियाका बिरामी बढ्दै विपी राजमार्गः छोटो दूरीका कारण ५ घण्टाको जाम बसेरै यात्रा गर्न बाध्य छन् यात्रुहरु ग्लोबल आइएमई बैंकको मुनाफा २३.३६ प्रतिशतले बढ्यो ढोरवाराही धार्मिक गन्तव्यस्थलका रुपमा विकास गरिँदै म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध सत्तारुढ दलको बैठकः राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने निष्कर्ष बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतमा रहेका छविलाललाई आज पुन: पोखरा लगिँदै



फाईल फोटो
अ+ अ-

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलाई आज फेरि पोखरा लगिँदै छ । रुपन्देही प्रहरीले दुई दिनसम्म बयान लिएपछि आज पोखरा लैजान लागिएको हो ।

रुपन्देही प्रहरीले सरकारी वकिलको कार्यालयमा उनीसँग सोमबार र मंगलबार बयान लिइएको हो । सोमबार दिउँसो १२ बजेदेखि साँझ पौने ७ बजेसम्म र मंगलबार बिहान ११ बजेदेखि साँझसम्मै जोशीसँग बयान लिइएको थियो । बयान प्रमाणीकरणको काम सकिएकाले अब पुन: कास्की प्रहरीको जिम्मा लगाइने छ ।

सरकारी वकिलको कार्यालयमा जोशीको बयान चलिरहँदा न्यायको माग गर्दै भैरहवामा सहकारीपीडितले प्रदर्शन गरेका थिए ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई सोमबार सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बुटवल ल्याइएको थियो । जोशीविरुद्ध रुपन्देहीमा उजुरी परेको तथा सहकारी रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा रुपन्देही ल्याई बयान लिइएको हो ।