काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल भ्रमणको क्रममा आज सोलुखुम्बु जाने भएका छन् । शुक्रवार विहान उनि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारीक कार्यक्रम तय गरिएको हो । नरवणेको सोलुखुम्बु भ्रमणको कार्यक्रम नेपाली सेनाले सार्वजनिक गरेको छैन ।
सैन्य स्रोतको अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने होटल एभरेष्ट भ्यूमा ब्रेकफास्ट कार्यक्रम राखिएको छ । छोटो सयम दृश्यावलोकन पछि उनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं फर्कनेछन् ।
खुम्बु पासाङल्हामु गाउँपालिका–५ को नाम्चेबजार बाट पैदल हिँडेर सो होटलमा करिब १ घण्टामा पुगिन्छ ।











