६ कार्तिक २०८१, मंगलवार
,
Latest
आमा बन्दै अभिनेत्री अशिष्मा फ्लाइ दुबईले कात्तिक २५ गतेदेखि भैरहवामा दैनिक उडान गर्दै मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण मंसिर १ देखि पुनः सुरु हुने भिस्ताराको विमानमा कुनै शङ्कास्पद वस्तु फेला परेन, उडान नियमित दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाको टोलि परिचालन संघीय निजामती विधेयक संसदको आगामी अधिवेशनबाट पारित हुन्छः मन्त्री गुप्ता लेबनानको बेरुत अस्पताल नजिकै भएको इजरायली हमलामा १३ जनाको मृत्यु महाकाली करिडोर बनाउने कुरा सरकारको उच्च प्राथमिकतामा छः रक्षामन्त्री राई विपद्ः २३८ जना मृतकका परिवारलाई राहत रकम वितरण बाढीपहिरो पीडितलाई पाँच करोड आर्थिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाको टोलि परिचालन



अ+ अ-

काठमाडौँ । भारतको नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको एक जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ ।

विमानस्थल स्रोतका अनुसार जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको थियो । बम राखेको खबरसँगै नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ ।

पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ । बमको हल्ला आएको र अहिले सुरक्षा टोली विमानस्थलमा पुगेका छन् ।

काठमाडौं विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको विमानस्थल स्रोतले जनाएको छ ।