३१ श्रावण २०८३, आईतवार
,
Latest
गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार देउवाले तीन पटक म हिन्दू हुँ भनेपछि… नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाको टोलि परिचालन



अ+ अ-

काठमाडौँ । भारतको नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको एक जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ ।

विमानस्थल स्रोतका अनुसार जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको थियो । बम राखेको खबरसँगै नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ ।

पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ । बमको हल्ला आएको र अहिले सुरक्षा टोली विमानस्थलमा पुगेका छन् ।

काठमाडौं विमानस्थलमा अहिले उडान–अवतरण रोकिएको छ । नेपाली सेना सहितको सुरक्षा निकायले जहाजमा खानतलासी गरिरहेको विमानस्थल स्रोतले जनाएको छ ।